• सफलताको सिंढी चढिरहेका तुलसीको ‘मुहार’

    म्यूजिक खबर
    प्रकाशित: २२ चैत्र २०७२, सोमबार

    लामो समय देखि स्पेनको बार्सिलोनामा आफ्नो कर्मथलो बनाउँदै आएका र परदेशमै बसेर आफ्नो गित संगीतमा अनवरत रुपमा लागिपरेका गायक हुन् तुलसी सिवाकोटी । परदेशबाटै गीत संगीतमा सक्रिय रहेका गायक यूरोपमा मात्र नभई नेपाली सांगीतिक क्षेत्रमा नै स्थापित भईसकेका छन् । देश विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा उनको माग पनि उत्तिकै बढिरहेको छ । दिन प्रति दिन सफलता र लोकप्रियताको सिंढी चढिरहेका गायक सिवाकोटीको ‘मुहार’ भने यतिबेला सार्वजनिक भएको छ । ‘मुहार’ शिवाकोटीको पहिलो गीति एल्बम हो । सांगीतिक यात्राका क्रममा अप्रिल १ तारिकका दिन अन्तरास्ट्रिय कलाकार मंच बहराइन को आयोजनामा भएको कार्यक्रममा कार्यक्रममा एल्बम ‘मुहार’लाई सार्वजनिक गरिएको हो ।

    tulsi siwakoti_muhar

    नेपाली नयाँ बर्ष २०७३ को नाम दिएको कार्यक्रम निकै भब्य रुपमा सम्पन्न भएको थियो । जसमा ख्यातिप्राप्त कलाकारहरु हिमाल सागर, देवी घर्ति  मगर र प्रलय चापागाईं को समेत प्रस्तुति रहेको थियो । ‘मुहार’लाई ख्यातिप्राप्त गायक हिमाल सागर, समाजसेवी गम गुरुङ र सँस्थाका कोषाध्यक्ष प्रकाश पाठकको हातबाट सार्वजनिक गरिएको थियो। कार्यक्रममा हिमाल सागरले शिवाकोटीको खुलेरै प्रसंसा गरेका थिए । ‘मुहार’मा जम्मा ५ वटा गीतहरु समाबेस छन् जसमा ४ वटा गीतहरुको भिडियो बजारमा ल्याइसकेका छन् र उनका सबै गीतहरुले राम्रो चर्चा समेत पाएका छन् ।

    tulsi_siwakoti

    ‘मुहार’ भित्र सुमन वैरागी, रोजी लाबुङ राई, श्रीराम अधिकारी र कल्पना खरेलका शव्द रहेका छन् भने निरज श्रेष्ठ, बिनोद बाजुराली, र रियाज शिवाकोटीको संगीत रहेको छ । गीति एल्बम àमुहार’लाई म्युजिक हाइलाइट ले बजार ब्यबस्थापनको जिम्मा लिएको छ। शिवाकोटीले एल्बम ‘मुहार’ सार्वजनिक गर्नुका साथै विभिन्न गीतहरु गाएर पनि दर्शक तथा स्रोताबाट निकै वाई वाई बटुलेका थिए । उक्त कार्यक्रममा विभिन्न स्थानिय कलकारहरुको समेत प्रस्तुति रहेको कार्यक्रमको सभापतित्व पोखराज श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन अरुण छेत्री र गुराँश आचार्यले गरेका थिए । म्यूजिक खबर डटकमका तर्फबाट गायक शिवाकोटीलाई हार्दिक बधाई तथा एल्बम ‘मुहार’को सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।

    muhar_back

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु