• समुन्द्री किनारमा रबिना र बिकासको मस्ती ( भिडीयो हेर्नुस् )

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    काठमाडौँ । मुम्बईका रमणीय स्थानमा छायांकन गरीयको म्युजीक भिडीयो सार्बजनीक भएको छ ।”दर्पणमा देखे .. मुस्कानमा राखे ” बोलको उक्त गीतमा बिकास लामिछाने र गुजराती नाईका नायीका रबिना तिलाभाटको रोमान्स देख्न सकीन्छ ।

    गीतमा नित्याशिवा र अनुप रिजालको स्वर सुन्न सकीन्छ । शंकर अधिकारीको शब्द संगित रहेको यो गीतको म्युजीक भिडीयोलाई हरी रिजालले निर्देशन गरेका हुन् । सम्पुण प्राबिधिक भारतीयनै रहेको यो गीतलाई गुजरात र मुम्बईका बिभीन्न ठाउमा छायांकन गरीएको हो।
    bikash lamichhane2
    रोमान्टीक बेशमा तयार पारीएको म्युजीक भिडीयोमा काम गर्दा निकै रमाइलो भएको रबिना बताउछिन् । यस्तै छोटो समयमा १ दर्जन म्युजीक भिडीयोमा अभिनय गरीसकेका बिकास पनि म्युजीक भिडीयोलाई दर्शकले रुचाउनेमा ढुक्क छन् ।
    यस्तै निर्देशक हरी भन्छन् – सधै एकै लोकेशनमा बनेका भिडीयो हेर्दै आएका दर्शकलाई नयाँ लोकेशनको भिडीयो हेर्दा अझै रमाइलो लाग्ने छ । जहीर नाकुमले छायांकन गरेको यो भिडीयोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

    bikash lamichhane1 bikash lamichhane

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु