• सरप्राइजमा ‘दही-चिउरा’ खुवाउँदा जानकी र जमुना उत्साहित, भिडियो हेर्नुहोस् !

    म्यूजिक खबर
    प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार

    ज्येष्ठ १३, काठमाडौं । गर्भावस्थाको अन्तिम समयमा स्वस्थ्य बच्चा र प्रस्तुतिको कामना गर्दै विकसीत मुलुकमा बेबी सावर निकै हर्षौल्लासपूर्वक मनाइने गरिएको छ । छिमेकी मुलुकमा समेत गोदभराई भनेर मनाइने गरिएको यो चलन नेपालमा भने दही चिउरा खुवाउने भनेर कतै कतै मनाइने गरिएको छ । आमालाई दही–चिउरा खुवाए स्वस्थ बच्चा जन्मिन्छ भन्ने विश्वास नेपाली समाजमा छ । त्यसैले गर्भवती आमालाई दही–चिउरा खुवाइन्छ ।

    डाक्टरले दिएको मिती अनुसार १५ दिन भित्रमा सन्तानलाई जन्म दिन लागेकी चर्चित गायिका जानकी तारमी मगर एक महिना भित्रमा सन्तान जन्माउन लागेकी अर्की गायिका जमुना सनमलाई हिजो बेलुकी केही सहकर्मी गायिकाहरु र सञ्चारकर्मीहरुले दही चिउरा खुवाए । सन्तान जन्मनु पूर्व दही चिउरा खुवाउने प्रचलन यदाकदा चलेकाले त्यसलाई फलो गर्दै गायिका जानकीको ठमेल स्थित ब्लु बेल रेष्टुरेष्टमा एक जमघटका विच दही चिउरा खुवाईएको हो ।

    गर्भावस्थमा रहेका गायिकाहरुलाई कार्यक्रमको पूर्वजानकारी दिइएको थिएन । सरप्राइज ढंगले भएको दही चिउरा कार्यक्रमकोे संयोजन गायिका मन्जु पौडेलले गरेकी थिइन् ।

    स्वस्थ्य बच्चा र सफल एवं सहज प्रस्तुतिका कामनाका लागि गायिकाहरु शर्मिला गुरुङ, मुना थापा मगर, जुना श्रीष, देवि घर्ति मगर पत्रकारद्वय अनुसा पौडेल र सविता पोखेरेल सरप्राइज ढंगले जानकीको रेष्टुरेष्टमा पुगेका थिए ।

    एक्कासी अग्रज दिदीहरु, सहकर्मी साथीहरु आफ्नो निवासमा आएपछि अलमल्ल परेकी जानकीले त्यसपछि सम्हालिदै उनीहरूलाई धन्यवाद दिएकी थिइन् । सरप्राइज कार्यवास्तविकता थाहा भएपछि सबैको एकसाथ निस्किएको हाँसोको फोहराले माहोल उल्लासमय बनेको थियो ।

    दही चिउरा कार्यक्रमकमा जानकी र जमुनाले केक काटेका थिए । अग्रज गायिका शर्मिला गुरुङले केक खुवाउन शुरु गरेपछि गायिका मन्जु पौडेल सहित मुना थापा मगर, जुना श्रीस, देबी घर्ति मगर, पत्रकारद्वय अनुशा पौडेल र सविता पोखरेलले पनि आमा बन्ने तयारीमा रहेका जानकी र जमुनालाई दही–चिउरा खुवाई दिएर स्वस्थ बच्चा र सजिलो प्रसूतिको कामना गरे ।

    व्यवसायी एवं समाजसेवी भगवान थापासँग बैबाहिक बन्धनमा बाँधिएकी जानकीले केहि दिनमा छोरीलाई जन्म दिंदैछिन् । जानकीका लागि पहिलोपल्ट आमा बन्न पाउनु निकै उत्साहको विषय हो । त्यसैले गर्भावस्थाको हरेक पलमा उनी रमाउने गरेकी छिन् । साथै आफु हरेक दिन त्यो दिनको कल्पना रोमाञ्चित हुने गरेकी छिन् जुन दिन उनको पहिलो सन्तान उनको कोखबाट बास सरेर काखमा आउनेछ । छोरी पाउने खुसीमा अत्याधिक खुशीको महशुष भइरहेको जानकी दम्पतीले बताए ।

    यता अर्की गायिका जमुनाको भने गर्भमा छोरा या छोरी के हुर्किएको छ भन्ने कुरालाई सस्पेन्स राखिन् । उनले भनिने – ‘लिंग थाहा छैन, चेकअपमा हामीले पनि सोधेनौं । डाक्टरबाट पनि जानकारी आएन ।’

    जन्मिनै लागेको बच्चाको पृथ्वी अवतरणको क्षणको पर्खाइमा रहेकी आमालाई यस्तो अवसरले उत्साहित बनाएको र सरप्राइज ढंगले भएको दही–चिउरा उत्सवले गर्भवती अवस्थामा आफ्नो मनोबल बढाएको पनि जानकी र जमुनाले बताए ।

    गायिकाद्वय जानकी र जमुनालाई स्वस्थ्य बच्चा प्राप्त होस् म्यूजिक खबरको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

    यसरी मनाइएको थियो दहि चिउरा उत्सव, हेर्नुहोस् भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु