• सलमान आजै रिहाई हुने सम्भावना ! यस्ता छन् कारणहरु-

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

    एजेन्सी,२३ चैत। बलिउड सुपरस्टार सलमान खानलाई हिलो जोधपुर सिजेएम कोर्टले ५ वर्षको जेल सजाय सुनाएको छ । फैसलापछि उनले एक दिन जेलमा बिताएका छन् ।

    सलमानका करोडौं फ्यानहरुको ध्यान आज जोधपुर सेसन कोर्टतर्फ छ । किनकि त्यहाँ उनलाई जमानत दिने वा नदिने भन्ने फैसला हुनेछ । आज सलमान जमानतमा छुट्न खासै गाह्रो देखिँदैन । उनलाई जमानतमा आजै रिहा गरिने सम्भावना छ ।

    यस्ता छन् केही कारण जसका आधारमा सलमान जमानतमा छुट्नेछन् –

    १. सबैभन्दा अहम कारण हो विगत २० वर्षमा अदालतले सुनुवाइको लागि बोलाउँदा उनी स्वयं अदालत हाजिर भएका छन् ।

    २. सलमानले जाँच एजेन्सीलाई पनि घटनाको जाँचमा पूर्ण सहयोग गरेका छन् ।

    ३. सलमानले मुम्बइ हिट एण्ड रन केसमा जस्तो यो मुद्दामा मिडियामा कुनै किसिमको बयानबाजी गरेका छैनन् । उनले अदालतको विषयमा प्रश्न उठाए न मजाक उडाए ।

    ४.यो मुद्दामा आरोपी रहेका सलमानबाहेकका अन्यलाई रिहा गरिएकोले उनलाई पनि जमानतमा रिहा गर्ने सम्भावना बलियो हुन्छ ।

    ५. यही मुद्दासँग जोडिएको हतियारसम्बन्धी मुद्दामा सलमान रिहा भइसकेकोले यो मुद्दामा पनि रिहा हुने सम्भावना बलियो हुन्छ ।

    ६. सलमानलाई हाइकोर्टले सबै आरोपबाट मुक्त गरिसकेकोले यहाँ पनि जमानत दिइने सम्भावना रहन्छ ।

    यदि सेसन कोर्टबाट जमानत नपाएमा सलमान आजै जेलबाट नछुट्न सक्छन् । तर केही दिनपछि भने उनी जेलबाट छुट्ने सम्भावना रहन्छ । यदि यहाँबाट जमानत नपाए सलमानका वकिल हाइकोर्ट वा सर्वोच्च अदालत जान सक्छन् । यस्तो अवस्थामा सलमानलाई जेलबाट बाहिर आउन केही समय लाग्न सक्छ । सीजेएम कोर्टले यो फैसलामा पुनरावेदनको लागि ६० दिनको म्याद राखेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु