• सहिमाको आवाजमा रेखाको जवानीको चर्चा ! (हेर्नुहोस् भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ५ माघ २०७४, शुक्रबार

    माघ ५, काठमाडौं । सफल तथा हिट गितहरु दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित बनेकी गायिका सहिमा श्रेष्ठले नायिका रेखा थापाको जवानीको चर्चा गरेकी छिन् । चलचित्र राज्जा रानीको ‘पिंकु मिस’ बोलको गीत यतिबेला चर्चामा छ । सहिमाको बुलन्द आवाज रहेको उक्त गीतमा रेखा थापाको जवानीको चर्चा गरिएको छ । भिडियोमा उनले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् ।

    यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । धेरैपछि रेखाले फिल्ममा आइटम डान्स गरेकी हुन् ।

    तराईमा व्याप्त समस्याका रुपमा रहेको दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’ मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । फिल्ममा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

    आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

    हेर्नुहोस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु