• सहिमाको ‘कुनै दिन…’मा दिपकको निर्देशनमा डेब्यु, ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २८ चैत्र २०७४, बुधबार

    चैत्र २८, काठमाडौं । सुमधुर आवाजकी धनि चर्चित एवं लोकप्रिय गायिका सहिमा श्रेष्ठले ‘कुनै दिन’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । सहिमाको सुमधुर आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो पनि निकै नै उत्कृष्ट बनेको छ ।

    किरण केसी “क्रोधी” को शब्द तथा दिपक शर्माको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन्।

    चैत्र २७ मा परेकोगायिका सहिमा श्रेष्ठको जन्मदिनको अबसरमा गीतको म्युजिक भिडियो सार्बजानिक गरिएको हो ।

    आफुलाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्याएर स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुप्रति आफु सदैव ऋणी रहेको र सदैव यस्तै मायाको अपेक्षा गरेको समेत सहिमाले बताइन्।

    हेर्नुहोस् भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु