
साउन ३, काठमाडौं । हिन्दु नेपाली नारीहरुको महान् चाड आउन अझै एक महिना बाँकी छ । तर नेपालका कलाकारहरुलाई तिजले छपक्कै छोपिसकेको छ । तिजलाई नै मध्यनजर गर्दै कोही गीत रेकर्ड गराउन हतारिरहेका छन् भने कोही म्यूजिक भिडियो गराइरहेका छन् । यस्तै नेपाली सांगीतिक धरातलकी लोकप्रिय गायिका सहिमा श्रेष्ठ पनि तिज शुरु हुनु एक महिना अगाडि नै तिजको रौनकतामा रमाइरहेकी छिन् ।
‘आमाले पकाको दर खाने हो !
स्वामी म त माइत जाने हो !!
आमाले पकाको दर खाने हो !
यसपाली त माइत जाने हो !!’ – भन्दै माइती जानलाई उत्साहित भएकी छिन् । प्रसंग हो तिज गीतको । गायिका सहिमाले गाएको तिज गीत ‘आमाले पकाको दर खाने हो’ बोलको गीतको भिडियो सुटिङ सम्पन्न भएको छ । गीतमा एउटी विवाहित महिलाले आमाले पकाएको दर खाने देखि लिएर साथी संगी सँग भेट भएर रमाइलो गर्नेसम्मको कुराहरु कल्पना गरिएको कथा बुनिएको छ । आफ्नो श्रीमान्सँग उत्साहित हँुदै माइती जानलाई अनुरोध गरिएको छ ।
बसुन्धरा स्थित इन्द्रेणी पार्टी प्यालेसमा गीतको सुटिङ गरिएको हो । गीतमा सहिमा आफैंले कम्मर मर्काएकी छिन् । गीतमा तारा पकाश लिम्बुको शब्द तथा संगित रहेको छ । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियोमा स्मृति तिमल्सिनाले कोरियोग्राफर गरेकी छिन् ।
मनछुने,मौलिक संस्कृतिमा आधारित गित ‘आमाले पकाको दर खाने हो’ लाई नै छिट्टैै सहिमाको आफ्नै युट्युव मार्फत सार्वजनिक गरिने छ ।