• साउन १२ गते संस्थानमा मादल वादन प्रतियोगिता हुँदै

    म्यूजिक खबर
    प्रकाशित: ३० असार २०७४, शुक्रबार

    असार ३०, काठमाडौं । सांस्कृतिक संस्थान जमलमा आगामी साउन १२ गते मादल वादन प्रतियोगिता हुँदैछ । सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘राष्ट्रिय खुला मादल वादन प्रतियोगिता–२०७४’ कल्याण शेरचनको जन्मदिनको दिन सांस्कृतिक संस्थानको प्रेक्षालयमा सम्पन्न हुन लागेको कार्यक्रमका सहसंयोजक ईश्वरीप्रसाद भुसालले म्यूजिकखबरलाई जानकारी दिए ।

    madal
    कार्यक्रममा सहभागी हुन चाहनेले साउन ७ भित्र फर्म भर्नुपर्ने छ । फर्म शुल्क ५ सय रुपैयाँ राखिएको छ । कार्यक्रममा प्रतियोगीहरुले पौराणिक वाद्यशैली (चर्या, सोरठी, पौसारु, सरङ्ङया, सालैजो, टप्पा, कौडा, मारुनी र हुर्रा) मौलिक शैलीमा बजाउनु पर्नेछ । त्यस्तै मञ्चीय प्रस्तुति, स्टुडियो रेकर्डिङ, सिर्जनात्मक वाद्यशैलीलाई प्रमुखतामा राखिने जुरी निर्णायक खर्कबहादुर बुढाले बताए । निर्णायक मण्डलमा बुढाका अलावा पश्चिमबाट प्रेमदेव गिरी, मध्य क्षेत्रबाट न्ह्युच्छेमान डंगोल, पूर्वी क्षेत्रबाट अर्जुन चैनपुरे रहेका छन् ।

    madal_press
    मादल वादन प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार रुपैयाँसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उत्कृष्ट मौलिकता, उत्कृष्ट सिर्जनात्मक, लोपोन्मुख पौराणिकतालाई क्रमश ५ हजार रुपैयाँ सँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगीले सुर र तालको लागि दुईवटासम्म वाद्ययन्त्रको सहयोग लिने सक्नेछन् भने प्रतियोगिको भेषभुषा मौलिक हुनु पर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु