• साधना सरगम र पूर्णिमाको स्वरमा धूम मच्चाइन्छ

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७१, बिहीबार

    काठमाडौं, ५ भदौ । लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले नारीहरुको महान पर्व तिजलाई लक्षित गरेर धुम मच्चाईन्छ गीत बजारमा ल्याएका छन् । नेपाली मुलकी बलिउड गायिका पूर्णिमा र भारतिय गायिका साधना सरगमको आवाजमा आफुपनि नाचिन्छ बोलको गीतलाई लोक र मोर्डन भर्सनमा गाउन लगाईएको छ । शब्द उहि भए पनि फरक संगीतमा पुर्णिमा र साधनाले गीतमा आवाज दिएका छन् । लामिछानेको यो तेस्रो तिज कोसेली हो । यस भन्दा अगाडी उनले नेपालका चर्चित गायिकाहरुको आवाजमा झ्यामझ्याम बजाउ संगीनी, मिस नेपाल जस्ता गीत बजारका ल्याएका छन् पछिल्लो पटक बजारमा आएको धुम मच्चाईन्छमा दुइ वटा गीत समावेश छन् । लामिछानेको शब्द र सङ्गीतमा तयार गरिएको गीत मुम्बइमानै रेकर्ड भएका हुन भने गीतको म्युजीक भिडियो नेपालमा नै सुटिङ गरिएको छ । नायक लामिछानेको पछिल्लो चलचित्र ‘किन लाग्छ माया’ हिट चलचित्र हो। उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी , ए नेपाल लगाएत अन्य केहि नाटकमा समेत काम गरेका छन्।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु