• सारिकालाई ‘कान्छि आइलभ यु…’ भन्ने को ?

    म्यूजिक खबर
    प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

    जेष्ठ १०, काठमाडौं । दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरेलाई कान्छि आइलभ यू भन्ने को होला ? हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । यस्तैमा उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा गायक ताराबीर पाण्डेले उनलाई ‘कान्छि कान्छि कान्छि आइलभ यु…’ भन्दै छन् । गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको स्वरमा रहेको गीत ‘कान्छी आई लभ यु….’मा नायिका सारिका घिमिरेलाई उनले यस्तो भनेका हुन् । गीत युटुयव मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा पियुस शम्शेर कुवँरले सारिकासँग अभिनय गरेका छन् ।

    sarika_1
    जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन् भने टंक बुढाथोकीको ऐरेञ्ज र जीवन कटुवालको कोरियोग्राफी रहेको छ ।

    sarika
    योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको भियिोमा सारिका, पियुसशम्शेर कुवँरसँगै जिवन कटुवाल र सुरज शर्माले भिडियोमा कम्मर मर्काएका छन् । डान्सीङ बिटमा रहेको उक्त चुलबुले गीतले चर्चा पाउँने कुरामा आफु ढुक्क रहेको गायक पाण्डेले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु