• सिंह र श्रेष्ठलाई नेशनल अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: २२ फाल्गुन २०७१, शुक्रबार

    काठमाडौं । गायक कन्हैया सिंह र संगीतकार सन्तोष श्रेष्ठलाई नेशनल अवार्ड २०७१ बाट सम्मानित गरिएको छ । नेशनल अवार्डमा सिंह सुगम संगीत वर्ष गायक बन्न सफल भएका हुन् भने श्रेष्ठ सुगम संगीत वर्ष संगीतकारका रुपमा सम्मान प्रदान गरेका हुन् ।
    त्यसैगरी राष्ट्रिय गीतकारका रुपमा भावेश भुमरी, दशक गायकका रुपमा रामकृष्ण ढकाल, हाँस्य अभिनेता दिपकराज गिरी, हाँस्य अभिनेत्री दीपाश्री निरौला, वर्ष चलचित्र गीतकार राम अबिरल, सदाबहादर लोकगायन कोमल वलीलाई नेशनल अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रमा योगदान पु¥याएका करिब दुई दर्जन व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

    awards

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु