• सिआइबीले खोजेपछि बैठकबाटै भागे बोहरा

    म्यूजिक खबर
    प्रकाशित: ६ बैशाख २०७१, शनिबार

    काठमाडौं, ६ बैशाख । बौद्धिक सम्पत्तिलाई कसरी जोगाउने र आगामी १३ गतेको बौद्धिक सम्पत्ति दिवसलाई कसरी मनाउने भन्ने विषयमा संगीत उद्योग संघ र संगीत उत्पादक संघको बैठक बसिरहेको बेला एक्कासी उद्योग संघका अध्यक्ष अर्जुन बोहराको मोबाइलमा सिआइबी प्रहरीको फोन आएपछि एकाएक बैठक छाडेर बोहरा भाग्न सफल भए । त्यसपछि बैठकमा भएका सबै पालैपालो भागाभाग गर्न थाले जसले गर्दा बैठक नै अबरुद्ध हुन पुग्यो ।
    संगीत उद्योग संघका अध्यक्ष अर्जुन बोहरालाई किर्ते गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खोजिरहेको छ । उसलाई पक्राउ गर्नका लागि प्रहरीले खोजी कार्य जारी राखेकै बेलामा बैठक छाडेर उनीहरु भागाभाग गरेका हुन् । केही समयअघि भएका पिआरबीटी काण्डलाई लिएर बोहरालाई पक्राउ गर्न खोजिएको हुनसक्ने अनुमान गरिए पनि अहिलेसम्म कसले किर्ते अभियोगको मुद्धा दायर गरेको भन्ने विषय भने पत्तो लागेको छैन ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु