• सुगममा फिट चलचित्रमा हिट डा.बराल

    म्यूजिक खबर
    प्रकाशित: १८ आश्विन २०७२, सोमबार

    टीका भण्डारी


    – मर्ने कसैलाई रहर हुँदैन
    तर नमरेको प्रहर हुँदैन
    भागेर जाउँ कुन ठाउँ जाउँ
    मान्छे नमर्ने शहर हुँदैन
    (प्रेमपरियार)
    – भक्त हुँ देशको (पाण्डव सुनवार)
    – यी हल्लाहरु हुन् तिमीले सुनेका
    (आनन्द कार्की)
    – बाधा परुन् जति (द्वारिकालाल जोशी)
    – म मर्ने बेला तिमी (रजिना रिमाल)
    – पर्दा पछाडि नै (आनन्द कार्की)
    – के भुल भयो प्रिया (नरेन्द्र प्यासी)
    – मनका सबै बोझहरु (रबिन शमा)
    – कुन देशकी चरी हौ (हिक्मत माली)
    – कर्म गरौं (फत्तेमान र ज्ञानु राणा)
    – यहाँ देशको छ चिन्ता (दीपक लिम्बु)
    – यी आँखामा (नाईं नभन्नु ल–२)
    – मैले त्यही भएर मन पराको ( हिम्मत)
    यी माथिका गीतहरु गीतकार डा. कृष्णहरि बराललाई चिनाउने केही सुगम तथा चल्चित्रका नमुना गीतहरु हुन् ।

    krishnahari6
    बाल्यकाल
    डा. कृष्णहरि बरालको जन्म सिन्धुली जिल्लाको हत्पतेमा एक मध्यम वर्गीय परिवारमा ४ जनवरी १९५४ मा भएको हो । त्रिभुवन विश्व विद्यालयमा नेपाली साहित्यका एक क्षमतावान प्राध्यापक, नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गीतकार, साहित्यिक जगतमा पाठकहरुका प्रिय कवि एवं साहित्यकार रुपमा छ उनको परिचय । हत्पते प्राकृतिक रुपमा अत्यन्तै सुन्दर ठाउँ र उत्तिकै सुन्दर गाउँ । बाल्यकालकोमहत्वपूर्ण उर्जाशील समय त्यही गाउँमैबित्यो । ७ कक्षासम्म उनले गाउँकै कमला अपर प्राईमेरी स्कुलमा पढे । त्यही गाउँले स्कुले जीवनमै ग्रामीण जनजीवन र जीवनशैलीले उनीमा गहिरो प्रभाव पा¥यो । गाउँमा दुःख खेपे, सुख पनि देखे, प्रेम र सद्भावको न्यानो अँगालोमा बाँधिएका गाउँले दाजुभाइहरु पनि भेटे । अभाव र गरिबीको पराकाष्ठा पनि त्यहिँ देखेउनले । जीवनका सबै रंगहरु बाल्यकालमै देख्ने मौका पाएउनले । प्रकृतिको न्यानो काखमा पुलकित हुँदै तिनै जीवनका दुःख, सुख आँशु, हाँसोलाई यिनले गहिरिएर नियाल्न थाले । आफ्नै हजुरबुवाबाट प्रेरणा पाएर मनमा गीतिभावना उमार्न थाले, गीतका मिठा लयात्मक वान्कीहरू सुन्दै जान थाले । हजुरबुवाकोमुखारबिन्दबाट प्रष्फुटित धार्मिक प्रकृतिका श्लोक, स्तुतिहरु, भजन आदि बिहान बेलुकी नित्य सुन्ने गर्थे । उनका पिता खडानन्द बराल राम्रा कृषक थिए । उनी बाल्य उमेरमै छँदै आमाको असामयिक निधन भयो । राम्रो गरी मातृवात्सल्यता समेत नपाएका उनीमा आमाको अभाव जहिल्यै खट्किनै रहन्थ्यो । उनीभित्र संवेदनशीलताको भावना धेरै छिट्टो उम्रने एउटा कारण आमाको बाल्य अवस्थामै देहान्त पनि थियो । उनी सन्तानमा सबैभन्दा जेठा सन्तान हुन् । परिवारमा उनीभन्दा अघि कसैले पढेका होइनन् । उनले निम्न माध्यमिक विद्यालय तहसम्मको अध्ययन गाउँकैबिद्यालयमा पूरा गरे । उनको स्मृतिमा धेरै बाल्यकालका घटनाहरु अझै ताजै छन् । कक्षा ५ मै हुँदा विद्यालयमा आयोजित प्रतियोगितामा कविता बाचन गरेर प्रथम पुरस्कार प्राप्त गरेको सम्झना छ उनलाई ।

    अध्ययन
    गाउँमा हाईस्कुल नभएकोलेमाध्यमिक तहको पढाई पूरा गर्न उनी जनकपुर हानिए सन् १९६७ मा । त्यहाँ श्रीसरस्वती बहुदेशीय हाईस्कुलमा नाम लेखाए । साँच्चिकै टुप्पी बाँधेर पढेपछि केनहुने रैछर ? उच्च मिहेनतले पढाईमा समेत अब्बल विद्यार्थीको दर्जा प्राप्त गरे । हत्पतेबाट जनकपुर प्रस्थान नै उनको जीवन करियरको माइल्स्टोन नै हो वास्तविक रुपमा । स्वाभाविक रुपमा गाउँबाट शहर पस्नु भनेकै केहि नयाँ ज्ञान गुण र सिप आर्जन गर्नेतर्फको यात्रा अघि बढाउनु नै हो । जनकपुर तराईको एक धार्मिक तथा सांस्कृतिक शहर भएकोले पनि त्यहाँबाट उनले धेरैकुरा सिके । उनीमा हिन्दी गीतसंगीतको गहिरो छाप पनि प¥यो । तर त्यसलाई उनले आफुमा अवतरित हुन भने दिएनन् । उनी किताबी किरोमात्र भएर रहन सकेनन् । सन् १०६९मा हाईस्कुलसम्मको अध्ययन सिध्याए । सन् १९७३ मा आरआर कलेज जनकपुरबाट आइ.ए. तहसम्मको अध्ययन पूरा गरे । नेपाली, मनोविज्ञान, अर्थशास्त्र आदि उनका मेजर विषय थिए । उनी गीत कविताका हरफहरु त्यसबेलै कोर्ने गर्थे । स्नातक पढ्दा जीवनमा पहिलो पटक उनका दुई वटा कविताहरु उषा म्यागाजिनमा प्रकाशित भएका थिए । यसैलाई जीवनको पहिलो औपचारिक साहित्यिक उद्गार मानेका छन् गीतकार डा. बरालले । ती कविताले उनलाई केहि परिचय र पहिचान पनि दिलायो पाठकमाझ ।
    सन् १९७६ मा बरालले सोहि कलेजबाट नेपाली विषयमा स्नातक तहको अध्ययन पूरा गरे । त्यसबेलै उनलेबाह्य मुलुकका साहित्यकार, कविहरुका समेत साहित्यहरु पढे, त्यसबाट पनि धेरैकुरा सिके जनकपुरमै रहँदा बस्दा । गर्मीठाउँ, दुःख कष्ट पनि धेरै सहेउनले । समयमा घरबाट खर्चबर्च नआईपुग्ने, आए पनि सीमितमात्रामा आउने, साथीभाइप्रति सधैं उदार उनी जति आउँथ्यो साथीभाइसँग बाँडेर खान्थे । कहिलेकाहीं पहाडबाट झरेका साथीभाइलाई सहयोग समेत गर्नु पर्ने आदि कारण कुनैत्यस्ता सहज आर्थिक दिनहरु बिताएनन् ।

    krishna spcial
    काठमाडौँ प्रवेश
    कवि तथा गीतकार डा. बराल २०३३ सालमा एक सामान्य विद्यार्थीका रुपमा काठमाडौं प्रवेश गरेका हुन् । स्नातक पढ्दा पढ्दै यिनको मनमा धेरैकिसिमका ईच्छा आकांक्षाहरु सल्बलाइसकेका थिए । यिनिमा केहि गरेरै छाड्छु नैभन्नेभावनाले गहिरो गरी जरा गाडिसकेको थियो । खासगरी बाल्यकालदेखि नै यिनको कानमा रेडियो नेपालको गीति लहरी, साहित्यसंसार, नाटक, बालकार्यक्रम, समाचार, अनुरोधसंगीत आदि परेका थिए । जसले उनको बाल्य मानसपटलमा उद्वेलनको काम ग¥यो । उत्प्रेरणा उत्सुकता र अभिप्रेरणा जगायो । काठमाडांै आएपछि उनी रेडियो नेपालसँग जोडिएका तिनै उद्वेलित भावहरुलाई पछ्याउन थाले । रेडियो नेपालका कार्यक्रमहरुमा गीत, कविता आदि लेखेर पठाउन थाले । काठमाडौं प्रवेश गरेकै केहि दिनमा उनी एक दिन रेडियो नेपाल पुगे । अचानक त्यसबेलाका जल्दाबल्दा रेडियो प्रसारक पाण्डव सुनवारसँग भेट भयो । त्यही बेला डा. बरालले उनीसँग भएका १ दर्जन गीत पत्रमञ्जुसामा खसाले पाण्डवकै स्वीकृति लिएर । केहि दिनमै उनले ६ वटा गीत स्वीकृत भएको थाहा पाए । तिनैगीतमध्ये एउटा ‘म भक्त हुँ यो देशको’ बोलको स्वदेशगान पाण्डवको हात प¥यो ।
    संगीतमा अत्यन्तै अभिरुचि राख्ने पाण्डवलाई गीत अति नै मन प¥यो । केहि दिनमै उनले त रेकर्ड छ रेडियो नेपालमा तपाईं आउनुस् भनेर पो उनलाई खबर गरे । डा. बरालको जीवनमा सबैभन्दा खुशीको क्षण त्यहि नै थियो । गीत रेकर्ड भएर रेडियो नेपालबाट उक्त गीत दैनिक ३÷४ पटक प्रसारण हुन थालेपछि त उनलाई सबैले गीतकार भनेर बोलाउन थाले । काठमाडौैं छिरेको १ महिनामै उनको गीत रेकर्ड भयो रेडियो नेपालमा । उता गोरखापत्रबाट पनि उनको ‘दारी’ शिर्षकको हाँस्यव्यंग्यात्मक कविता प्रकाशन भयो । पढाईमा पनि उनले २०४५ सालमा महेन्द्ररत्न क्याम्पस भर्ना भएर नेपाली साहित्यमा २०४७ सालमै स्नातोकोत्तर तहको अध्ययन पनि सिध्याए । केहि वर्ष गहिरो स्वअध्ययन गरे । मिहेनतको फल त आखिर मिठैहुन्छ । २०५० सालदेखि त्रिविवि अन्तर्गत नेपाली विभागमै नेपाली साहित्यको प्राध्यापक बने ।

    परिवार
    डा. कृष्णहरि बरालले सन् १९८१ मा शुशिलकन्या, पढाईमा पनि तेज सुष्मा बास्कोटासँग विवाह गरे । सुष्मा त्यसबेला कानुन पढ्दै थिईन् । हाल उनी अधिवक्ता छिन् । सन् १९८२, १९८६, १९८७, मा गीतकार डा. बरालका ३ सन्तानहरु भए २ छोरी १छोरा । छोरा स्वप्निल पनि राम्रा गीतकारहुन् । उनले समेत संयुक्तराज्य अमेरिकाकोएक विश्वविद्यालयबाट एमएस पढाइ सकेर पी.एच.डी. गरिरहेका छन् अमेरिकामै । ठुलो छोरी स्मृति बरालले एमए गरेकी छिन् भने ज्वाईं रविन किशोर लुईंटेल एरोनेटिकल ईन्जिनियर छन् । कान्छी छोरी स्विकृति बराल एमए, एलएलबी गरेकी छन् । त्यसोत छात्रातर्फ फ्याकल्टी टपरसमेत हुन् एलएलबीमा । बौद्धिक छ उनको परिवार । सांगीतिक क्षेत्रका चर्चित संगीतकार गैरे सुरेश उनका ज्वाईं हुन् । जोसँग उनले झन्डै तीन दर्जन गीत (एल्बम र चलचित्र) मा गीतकार संगीतकारबीचको सहकार्यसमेत गरिसकेका छन् ।
    सन् १९९३ देखि डा. बराल त्रिभुवनविश्वविद्यालय अन्तर्गत नेपाली विषयका प्राध्यापक हुन् । यसबिचमा उनले नेपाली संगीत क्षेत्रमासमेत महत्वपूर्ण योगदान पु¥याए । धेरै सुगमसंगीतमा आधारित गीतहरु लेखे, चलचित्रका लागि गीत लेखे । एल्बमहरु प्रकाशित गरे । एकतन्नेरी गीतकारझैं नेपाली संगीतको क्षेत्रमा जताततैचर्चा परिचर्चा भित्रै रहे । यस्तो कार्य व्यस्तताकोबाबजुत पनि उनले सन् २००७ मा गजल इतिहासमा पी.एच.डी. सम्पन्न गरेर नेपाली गीत संगीतकोइतिहासमा समेत स्वर्णिम अक्षरले आफ्नो नाम विश्वविद्यालयको अभिलेखमा दर्ज गराए । संगीतको क्षेत्रमा संगीतप्रेमीहरुले गौरव लायकका गीतकार बने ।

    लेखन र कृति
    उनी नेपाली संगीत क्षेत्रका खरो समालोचक समेत हुन् । गीति बिमोचन कार्यक्रमहरुमा उनी गीतिएल्बमहरुको विस्तृत विश्लेषण तथा समालोचना गर्ने गर्दछन् । नाटक, उपन्यास, कविता लगायत अन्य विधामा समेत अर्थ पूर्ण समालोचना गर्ने गर्दछन् । उनलाई नेपाली साहित्य जगतका एक उत्कृष्ट कवि, लेखक र विश्वविद्यालयका प्रतिष्ठित गुरुका रुपमा समेत सम्मान गर्ने गरिन्छ । यी विविध विषयमा थुप्रै लेख रचनाहरु र पुस्तकहरु समेत नेपाली पाठकमाझ आइसकेका छन् उनका । विद्यार्थीहरुका लागि उनले कक्षा १ देखि मास्टर्स तहसम्म पाठ्यक्रममा आधारित पाठ्य पुस्तकहरूसमेत लेखिसकेका छन् भाषा विज्ञान र नेपाली भाषा । सन् १९९४ मा प्रकाशित उनको महत्वपूर्ण पुस्तक हो । सन्दृष्टि अर्काे समालोचनात्मक संग्रह हो । उपन्यास सिद्धान्त र नेपाली उपन्यास १९९९, कवि भूपीः विश्लेषण र मूल्याङ्कन २००१, यसैगरी कृतिको क्षेत्रमा गीत सिद्धान्त र ईतिहास, गीतको ईतिहास २००४, आदि उनका कृतिहरु हुन् । डा. कृष्णहरि बरालले सुगम संगीतको फाँटमासमेत महत्वपूर्ण योगदान दिएका छन् । उनका गीतहरुले सुगम संगीतप्रेमीहरुलाई मात्र नभई चलचित्रप्रेमीहरुलाई समेत ठूलो गीतिस्वाद, परिकार र मिठासपूर्ण सन्तुष्टि दिलाएको छ । एकफूल, अनेकपत्र १९९५, कृष्णहरि बराल सिर्जना र समालोचना १९९५, कृष्णहरि बराल सिर्जना र समालोचना २००२, यस्तै उनको सबैभन्दा पछिल्लो कृति भनेको गजल सिद्धान्त र परम्परा हो जुन सन् २००८ मा प्रकाशित भएको हो ।

    पुरस्कारहरु
    डा.कृष्णहरि बराल पुरस्कारलाई भन्दा कामलाई बढी प्राथमिकता दिने गीतकारतथा साहित्यकार हुन् । उनी भन्छन् पुरस्कारलेकुनै पनि श्रष्टाको मापन गर्न सकिँदैन । नेपालमा, पाउनेहरुले पनि पाइनै रहेका हुन्छन् र नपाउनेहरुलेनि उत्तिकै पाइरहेका हुन्छन् पुरस्कारहरु । मलाई त मेरा कामहरु त्यसभित्र पनि मेरा सिर्जनशील क्रियाशीलता र कृतिहरुप्रति श्रोता, दर्शक तथा पाठकहरुबाट प्राप्त हुने खुशीका प्रतिक्रियाहरु नै वास्तविक रुपका मेरा पुरस्कारहरु हुन् जस्तोलाग्छ । यद्यपि धेरै पुरस्कार पुरस्कारहरु पनि पाइसकेका छन् उनले । रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत प्रतियोगीतामा पनि उनले सर्वाेत्कृष्ट गीतकारको उपाधि पाइसकेका छन् भने छिन्नलता गीत पुरस्कार, नईकला निधि सांगीतिक पुरस्कार, सर्वाधिक प्रसारण भएको आधारमा दिईने कान्तिपुर अवार्ड आदि उनका पुरस्कारहरु हुन् भने धेरै संघसंस्थाबाट समेत उनी अभिनन्दित भईसकेका छन् ।

    सांगीतिक कृति
    नेपाली संगीतको क्षेत्रमा उनले हालसम्म १२ वटा सोलो एल्बमहरु प्रकाशन गरेका छन् भने २००भन्दा बढी आधुनिक तथा चलचित्रका गीतहरु लेखिसकेका छन् । त्यसो त पत्रपत्रिकामा प्रकासित गीतहरु पनि उनका धेरै छन्, अप्रकासित पनि उत्तिकै । कतिपय गीतहरु उनि संगीतमा पनि लेख्ने गर्दछन् । उनको लेखाइमा श्रोतालाई च्याप्पै समाउने एक किसिमको सम्मोहन नै छ भन्छन् चलचित्रका निर्माता निर्देशकहरु पनि । दर्शकको ओठ ओठमा झुण्डिन सफल गीतहरु लेख्ने गीतकारको उपाधि पनि पाएका छन् यिनले । चाहे त्यो मर्ने कसैलाई रहर हुँदैन होस् या मैले त्यैभएर मन पराको या नाईं नभन्नुल आदि गीतहरु हुन् । उनका राष्ट्रिय भावका स्वदेशगानहरु पनि उतिनै चर्चित र लोकप्रिय छन् । यहाँ देशको छ चिन्ता तिमीमा या माया भन्छौ या म भक्त हुँ यो देशको नैकिन नहोस् ।

    गायक, गायिका तथा संगीतकार
    गीतकार कृष्णहरि बरालका ५ दर्जन आधुनिक गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् । ती गीतहरु मध्ये सबैभन्दा धेरै अर्थात् । दर्जनगीतहरु नातिकाजीले संगीत गरेका छन् । तारादेवीको स्वरमा धेरैले लेखे धेरैको कथा, मीरा राणा र साथीहरुको स्वरमा आमा मरें म भन्दै, जुजुकाजीको स्वरमा कता पुग्नु पर्ने, योगेश बैद्यको स्वरमा देखेर कस्तो, प्रेमध्वज प्रधानको स्वरमा अँधेरीको जुन र जति चोटी, फत्ते मान र ज्ञानु राणाको स्वरमा कर्म गरांैआदि डा. बरालका नातिकाजीको संगीतमा रेकर्ड भएका गीत हुन् । यसपछि रेडियो नेपालमा उनको संगीतमा धेरै गीतमा संगीत दिने संगीतकार राम थापा हुन् । उनले पहिलेपहिलो भेट (मीरा राणा), कुन देशकी चरी (हिक्मत माली), बाधा परुन् जति, मनका सबै बोझहरु (रबिन शर्मा), यो जवानी तिम्रो (प्रकाश श्रेष्ठ र सुनिता सुब्बा), उही दिन हो (जयन्ति राजभण्डारी) डा. बरालको रचनामा संगीत दिएका हुन् । जुन आज पनि रेडियो नेपालबाट गुन्जन्छन् । शिवशंकरले भने यिनका ३ वटा आधुनिक गीतमा संगीत भरेका छन् । एउटा पाईलो रात टेक्छु (शिवशंकरआफैं), मधुमासमा तिमी (जुजुकाजी रञ्जित), मेरो सानो आकाश (शिवशंकर आफंै) शिवशंकरका संगीत हुन् । यसपछि संगीतकार मदन दिपबिमले उनका ५ वटा गीतमा संगीत दिएका छन् । रेडियो नेपालको रेकर्डमा – चन्द्रमामा तिमी (शशीकुमार देवकोटा), जीवन के हो (शुरेश श्रेष्ठ), फुल भन्छौ (जयन्ती राजभण्डारी ), के भुल भयो (नरेन्द्र प्यासी) । बासुदेव मुनालले केहि सुरुवाती चरणका ३ गीतहरु र पछि पनि एउटा गीत गाएका छन् । ती गीतहरु (कोहि माया, वर्णन तिम्रो, माया लाएर र पौरख गरी आदि बोलका छन् । रेडियो नेपालमै रेकर्ड भएको भिडियो चलचित्रमा भने बुलु मुकारुङलेयिनका ४ वटा गीतमा संगीत दिएका छन् । जुनीजुनीमा (प्रकाश श्रेष्ठ र लोचन भट्टराई), ईमानको कथा (रविन शमा), हावा जस्तै (सुक्मित गुरुङ र साथीहरु), माया गर्नु हुन्छ (दीप श्रेष्ठ र सोफिया गुरुङ) हुन् ।
    डा. बरालका गीतमा रेडियो नेपाललाई रेकर्डमा स्वर दिने गायक गायिकाहरु धेरै छन् । योगेश बैद्य, सत्यनारायण राजभण्डारी, फत्तेमान, प्रेमध्वज प्रधान, शिवशंकर, ज्ञानु राणा, दीप श्रेष्ठ, पाण्डव सुनुवार, प्रकाश श्रेष्ठ, सुनिता सुब्बा, बासुदेव मुनाल, पन्नाकाजी, शशीकुमार देवकोटा, शुरेस श्रेष्ठ, मीरा राणा, तारा थापा, हिक्मत माली, रबिन शर्मा, प्रकाश श्रेष्ठ, दीपक खरेल, पदमा शाख, तारादेवी, सूर्य थुलुङ, मिल्न चख्खु, लोचन भट्टराई, दीप श्रेष्ठ, जयन्ति राजभण्डारी, जुजुकाजी रञ्जित, नरेन्द्र प्यासी, कोइली देवी, कमल श्रेष्ठ, रामकृष्ण ढकाल, यम बराल, प्रदीप बम्जन, संजय श्रेष्ठ, सन्जीव प्रधान, हरिस माथेमा, आनन्द कार्की, ईश्वरअमात्य, किरण प्रधान, रचना जी. सी., सोफिया गुरुङ, सुक्मित गुरुङ आदि छन् । यसैगरी रेडियो नेपालको लाईभ रेकर्डहरुमा उनका रचनामा संगीत दिने संगीतकारहरु पनि धेरै छन् । नाती काजी, शिवशंकर, तारादेवी, कोइली देवी, गणेश परियार, बुलु मुकारूङ, शिला बहादुरमोक्तान, सी.के. रसाईली, गोकुल राई, द्वारिकालाल जोशी, मदन परियार, बासुदेव मुनाल, रामथापा, टीका भण्डारी, सुर्य थुलुङ, दिवाकर खड्का, शुशील विश्वकर्मा, शान्तिराम राई, मनराजा नकर्मी, रेशम चौधरी आदि छन् । रेडियो नेपाल बाहिरका रेकर्डिङमा सबैभन्दा धेरै गीतहरु उनले संगीतकार बसन्त सापकोटा, गैरे सुरेश, महेश खड्का, सुरेश अधिकारी, लक्ष्मण शेष, टीका भण्डारी आदिका संगीतमा रेकर्ड गरेका छन् । अहिलेका पुस्ताका प्राय गायक गायिकाहरुका आवाजमा यिनका रचनाहरु प्राय पछिल्ला कुनै न कुनै चलचित्रमा रेकर्ड भएकै छन् । नयाँ पुस्ताका सुगम संगीतका धेरैगायक गायिकाहरुले समेत यिनका शब्दलाई स्वरमा उतारेर एल्बममा समाविष्ट गरेका छन् । डा.कृष्णहरि बरालले पहिलो पटक चलचित्र आन्दोलनमा २ वटा गीत लेखेका हुन् २०५७ सालतिर । कैलेदेखि लौन ममा (रीमा गुरुङ) र आँखामा कुरा गर्दा (अनुपमादेश पाण्डे र प्रकाश गुरुङ) उनका चलचित्र गीति लेखनका प्रारम्भिक गीत हुन् । उनले नेपाली चलचित्रमा हालसम्म १५० गीतहरु लेखिसकेका छन् । संगीतकार शम्भुजित बास्कोटाको संगीतमा के म तिम्रो हैनरलगायत ५ वटा गीतहरु, वसन्त सापकोटाको संगीतमा यी आँखामा तिमी छौ, पागल म बन्न सक्छुजस्ता ४ दर्जन गीतहरु, महेश खड्काद्वारा संगीतबद्ध मैले त्यै भएर मन पराको, पहिलो पहिलो माया, नाईं नभन्नु ल, म मर्ने बेला तिमी चैं आउनु, हजारौं फूलबाट ए मनलगायत ४ दर्जन गीतहरु, गैरे सुरेशको संगीतमा मर्ने कसैलाई रहर हुँदैन, जब सपनीमा तिमी आईरहन्छौ, अर्जुन पोखरेलको संगीतमा आधा दर्जनभन्दा बढी गीतहरु, सुरेश अधिकारी, हरि लम्साल, बुलु मुकारुङ, लक्ष्मण शेष, टीका भण्डारी, रमेश खड्का, सन्तोष श्रेष्ठ, ताराप्रकाश लिम्बु आदि चर्चित संगीतकारहरुसँग पनि यिनले नेपाली चलचित्रमा सिर्जनात्मक सहकार्य गरेका छन् । एल्बमभित्र भने धेरैगीतहरु उनले संगीतका र गैरे सुरेशसँगै गरेका छन् । ती गीतहरु संगीतको क्षेत्रमा लोकप्रिय बनेका छन् ।

    krishna special 554
    मेरो विचारमा उनी
    कवि गीतकार डा. कृष्णहरि बरालका रचनामा मेरा आधा दर्जन बढी गीतहरु रेकर्ड भएका छन् । ती गीतहरु रविन शर्मा, किरण प्रधान, संगीता तिमल्सिना, राम भण्डारी यम बराल, लक्ष्मण घिमिरे रमिला भण्डारी रप्रतिष्णा के. सी. (बालकलाकार) ले गाएका छन् । २०७२ सालमा बनेको चलचित्र मखमलीमा उनको शब्दमा मेरो एउटा संगीत परेको छ । मेरो पारिवारिक झैं अति न्यानो सम्बन्ध पनि छ डा. बरालको परिवारसँग । दर्जन बढी पटक उनको घरमा पुगेको छु सांगीतिक सिलसिलामा । उनी पनि मेरो घरमा धेरैपटक आएका छन् । यसबाट उनको सिर्जनात्मक क्रियाशिलता, नयाँ सिर्जनाहरु, जीवनका विभिन्न उतार चढाव, घुम्ती र मोड, आरोह अवरोह सबैखाले जीवनका क्षणहरु अनुभूत गर्नेअवसर पाएको छु । छोरा स्वप्निल्को कन्भोकेसन कार्यक्रममा अमेरिका जाँदा त्यहाँ निकै भयानक दुर्घटनाबाट उनि बचेका हुन । उनको पुनर्जन्म नै हो भन्दा अत्युक्ति हुन्न । त्यस्तो अवस्थाबाट गुज्रिएरआएका डा. कृष्णहरी बरालल्ो नेपाली संगीत र चल्चित्रको गीति फाँटमा सर्बाधिक सफलता हाँशिल गरे । एकपछि अर्को गीत हिट बन्दै गए । साहित्यलाई चलचित्रमा पनि घुसारे यिनल्ो । यो योगदानलाइ नेपाली संगीत र चलचित्र क्षेत्रले ईतिहासमा कहिलै भुलेर भुल्न सक्ने अवस्था छैन । ईतिहासमा यस्ता लेखक, कबि, गीतकार ,समिक्षकहरु बिरल्ौ जन्मन्छन । उनी आफुमात्र बौद्धिक छैनन् उनका सयौं बिद्यार्थीहरुलाई समेत प्रेरणा रउत्प्रेरणा भर्दै बौद्धिकतहमा पु¥याएका छन । गीत ,गजल आदि कसरी लेख्ने भन्ने अहं ज्ञान र गुण पनि यिनले दुनियाँलाई सिकाएका छन । कृषक बाबुका छोरा त्यो गुण अझै छ यिनीमा । उनि राम्रा मौरी पालक पनि हुन । किर्तिपुर यिनको घरमा सधैं मौरी भुन्भुनाई रहन्छ । त्यसबाट चाका मात्र हैन एक किसिमको लयात्मक भाखा पनि प्राप्त हुने गर्छ रे उनलाई गीत र साहित्यमा ।
    डा.बराल अत्यन्तै सरल, शिष्ट, सभ्य, सुसंस्कृत, सचेत र अध्यात्मिक पनि छन । बौद्धिक गीतकारका रुपमा चिनिन्छन् । कहिलै खालि बस्दैनन् । नयाँ नयाँ कुरा जन्मिरहन्छ उनकोदिमागबाट । सबैसंग मिल्नसार छन । उनीमा न यतिका कर्म गरेकोमा घमण्ड नै छ, न कसैप्रति पुर्वाग्रहनै राख्छन्, न राज्यले मेरो लागि यसो गरेन उसो गरेन भन्ने गुनासो र बिरोध नै छ । उनि आमरुपमा संगीत क्षेत्रमा देखिने आग्रह पूर्वाग्रह भन्दा माथि छन । गीत सिद्धान्त या गजल सिध्दान्तको बारेमा घन्टौं बहस गर्न सक्नेक्षमता पनि राख्छन । उनि संगीतका नयाँ पुराना सबैसंग काम गर्न रुचाउँ छन् । जय होस् स बैका प्रियगीतकार डा. कृष्णहरि बरालको ,जय होस् व्यावसायिक देखि कालजयी र अमरगीत लेख्ने गीतकार एबं गजलकारको ।
    -लेखकः संगीतकार एबं गायक एवं रेडियो नेपालका उप–निर्देशक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु