• सुगम संगीतका मेलोडि किङ रामकृष्णको आवरण सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १६ आश्विन २०७३, आईतवार

    abaran_ramkrishna

    काठमाण्डौ । नेपाली रजतपटमा यदि राजेशहमाललाई महानायक भनिन्छ भने सुगम संगीतका क्षेत्रका सर्वाधिक लोकप्रिय गायक रामकृष्णलाई महागायक भन्नु पर्दछ । यसो त उनलाई ‘मेलोडी किङ’ को उपमा पनि दिइने गरिन्छ । स्वर सम्राट नारायण गोपालका प्रसिद्ध गीतहरु गाएर गायन यात्रा शुरु गरेका रामकृण्ण ढकालको पछिल्लो समय आवरण सार्वजनिक भएको छ । आवरण ढकालको १५ औं एल्बम हो ।

    उपराष्ट्रपति नन्द बहादुर पुन प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुगम क्षेत्रका चर्चित चर्चित सर्जक तथा गायकहरुको उपस्थितिमा सम्पन्न भएको छ । स्व . नारायण गोपाल पच्चात पछिल्लो पुस्तालाई सम्हालेर अगाडी बढिरहेका ढकालको आवरणको बिमोचन भने सोल्टी क्राउन प्लाजामा भएको हो। ११ ओटा गीतहरु समाबेस भएको एल्बमलाइ विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । आवरणभित्र गीतकार मनिष वशिष्ट, उत्तम सन्जेल, रमेश बिजी, आनन्द अधिकारी, विनोद बन्जरा, प्रज्वल शमशेर जवरा, डा। आशबहादुर तामाङ र देवेन गिरीको शब्द तथा हरि लम्साल, न्हू बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, राजनराज शिवाकोटी, किरण कँडेल र कल्याण सिंहले संगीत दिएका छन् ।

    लोकार्पण समारोहमा गायक ढकालले ‘आवरण’बाट आफू निकै आशावादी रहेको बताउँदै यसले आफ्नो पुरानो शृङ्खलालाई जोड्ने र स्तरीय गीत सुन्ने श्रोताको रुचिलाई सम्मान गर्ने बताए । उनले आफ्नो पुरानो गायन शैली र केही नयाँ प्रयोगलाई सँगसँगै ठाउँ दिएको पनि बताए । एल्बममा समावेश दुई गीतको भिडियो भने यस अघि नै प्रसारणमा आइसकेको छ । ‘म लडेको मात्र हुँ’ बोलको गीतको म्युजिक भिडियो भने सोही समारोहमा सार्वजनिक गरिएको थियो । यो एल्बमको बजार व्यवस्थापन भने विन्धवासिनी म्युजिकले गरेको छ ।
    ओराली लागेको हरिणको चाल भो गीतदेखि लोकप्रियता पाउन थालेका प्रसिद्ध गायक रामकृष्णले १५ औं कृति सार्वजनिक गरिंदासम्म अ अक्षर उनको अधिकतम् रोजाईमा परेको पाइन्छ । ‘अ’ प्रति उनको मोह हो वा सबैभन्दा फाप्ने अक्षर हो अर्थात यो सबै हुनु संयोग मात्र हो त्यो ढकाल नै जानुन् । तर ‘आशीर्वाद’ बाट शुरु भएको उनको ‘अ’ मोह यतिबेला ‘आवरणमा’ आइपुगेको छ । उनका १५ कृति मध्ये ९ कृति ‘अ’ बाट नै सुरु भएका छन् । जसमा क्रमशः आर्शिवाद, आशीष, आशा, आरोह, आग्रह, आधार, आश्रय, आगमन र आवरण रहेका छन् ।

    सार्वजनिक ‘म लडेको मात्र हुँ’  म्युजिक भिडियो हेर्नुहोस्:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु