• सुजनको गीतमा नम्रता र एसराज

    म्यूजिक खबर
    प्रकाशित: २१ माघ २०७२, बिहीबार

    काठमाडौं— चलचित्र अभिनेता एसराज गराज तथा नायिका नम्रता सापकोटालाई लिएर गायक सुजन तामाङ (बमजन) ले आफ्नो नया“ गीत ‘तिम्रो गाजलु आ“खा…’ को म्युजिक भिडियो तयार पारेका छन् । यो भिडियो यसै साता विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवमार्फत प्रिमियर गरिएको छ ।

    टिका बमजनको शब्द तथा संगीतको यो गीतमा एसराज तथा नम्रताले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । फणिन्द्र राईको संगीत संयोजनको यो गीतको भिडियोको निर्देश्ँन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन् भने निशान घिमिरे यो गीतका सम्पादक हुन् । काभ्रेमा जन्मिएका गायक सुजन तामाङ सानै उमेरदेखि संगीतमा राख्थे । साधना कला केन्द्रमा संगीतकार प्रकाश गुरुङबाट संगीतको औपचारिक प्रशिक्षण लिएका गायक सुजन तामाङ यतिबेला पहिलो एकल एल्बमको तयारीमा छन् । दुई महिना भित्र आफ्नो डेब्यू एल्बम स्रँेतामाझ ल्याउने सुजनको तयारी छ ।

    Sraj_Namrata Sapkota_1

    भिडियोको लिंक ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु