सुनिताको नयाँ ‘झम्के फुली’

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७१, शनिबार

काठमाडौं, २१ असार । पुरानो एवं लोकप्रिय लोकगीत ‘झम्के फूली नाकैमा बुलाकी’ नयाँ भर्सनमा सुन्न पाइने भएको छ । ध्रुवराज खड्का र तिर्थकुमारीले गाएको यस गीतलाई अहिलेकी चर्चित लोकगायिका सुनिता दुलाल र घमेश दुलालले रिमेक गरेका छन् । पुरानो चर्चित गीतलाई युवापुस्तामाझ चिनाउन ‘रिमेक’ गरेको सुनिताको भनाइ छ । रिमेक भर्सनमा धु्रवराजको पनि स्वर राखिएको छ । सुनिताका अनुसार गीतको मर्म र स्रष्टालाई जिवन्त राख्न धु्रवराजको पनि स्वर राखिएको हो ।
हालै क्यानडाको विभिन्न सहरमा कार्यक्रम गरेर फर्केकी गायिका सुनिताले भनिन्, ‘एक साताभित्र झम्के फुली ल्याउँदैछु ।’ उनले श्रोता तथा दर्शकको आग्रहलाई स्वीकार्दै रिमेक गरेकी सुनाइन् । ‘श्रोता÷दर्शककै अनुरोधमा झम्के फुलीको रिमेक गाएकी हुँ’ उनले भनिन्, ‘रिमेक गरे पनि म गीतको मर्म र भावना मर्न दिन्नँ ।’ सो गीत पुरानो पुस्ताका श्रोताको ओठ–ओठमा झुण्डिएको पाइन्छ तर नयाँपुस्तालाई थाहा छैन । त्यसैले नयाँपुस्ताका लागि ‘झम्के फुली’ रिमेक गर्न आवश्यक ठानेको सुनिताको भनाइ छ । यस गीतले एकपटक फेरि हंगामा ल्याउने उनको आशा छ । सो ‘रिमेक भर्सन’ को म्युजिक भिडियोसमेत तयार भइसकेको छ, जसमा अभिनेता दीलिप रायमाझीले अभिनय गरेका छन् ।
‘झुम्के फुली’ रिलिजलगतै लोक गीति एल्बम ‘ए सानु काली’ ल्याउने सुनिताले सुनाइन् । उनले भनिन्, ‘लोकगीति एल्बमसँगै तिज गीत पनि तयार गर्दैछु ।’ धेरैजसो देश बाहिरै हुने भएकाले मौका पर्नेवित्तिकै आफ्नो एल्बमको काम गरेको उनले सुनाइन् । हुन पनि सुनिता वर्ष दिनमा ६ महिना विदेश कार्यक्रममै व्यस्त हुने गरेकी छन् । उनी विदेशमा सबैभन्दा बढी कार्यक्रम गर्ने नेपाली कलाकारमा समेत पर्छिन् ।

sunita-dulal-saptahik-18-nov-20111
अहिलेसम्म सुनिताले विश्वका अधिकांश मुलुकमा सांगीतिक कार्यक्रम गरिसकेकी छन् । खाडी मुलुकलगायत अमेरिका र बेलायतलाई पानी पधँरोजस्तै बनाएकी सुनिताले भनिन्, ‘विश्वका प्रायः मुलुकमा पुगिसर्केँ, अब मलाई अष्ट्रेलियामा कार्यक्रम गर्ने रहर छ । त्यसका लागि पनि कुरा भइरहेको छ ।’ तर, दशैसम्म बुक भइसकेकाले त्यसअघि जान नसक्ने उनले बताइन् । उनी ईदमा कतार र त्यसपछि अमेरिका र क्यानडाका लागि बुक भइसकेकी छन् ।
देश–विदेशमा उत्तिकै उनका फ्यान भएकै कारण फेसबुकमा समेत चर्चित छिन् । सुनिताको फेसबुक पेजलाई फेसबुकले समेत केही दिनअघि ‘अफिसियल्ली भेरीफाई’ गरिदिएको छ । चर्चित सेलिब्रेटी तथा राजनेताका पेजलाई फेसबुकले ‘भेरीफाई’ गर्ने गरेको छ । अफिसियल पेज कुन हो, कुनमा ‘लाइक’ गर्ने जस्ता झन्झटमा सर्वसाधारण पर्ने भएकाले फेसबुकले यस्तो पेजलाई आधिकारिक बनाउने गर्छ । आफ्नो पेजलाई निलो टिक लगाएर ‘भेरीफाई’ गरिदिएपछि सुनिता ढुक्क भएकी छन् । सुनिताको फेसबुक पेजले यो समाचार बनाइरहदासम्म ४ लाख ६७ हजार २ सय २१ लाइक पाइसकेको छ । सुनिता फेसबुकमा निलो टिक पाउने पहिलो नेपाली कलाकारसमेत बनेकी छन् । उनले भनिन्, ‘मेरो पेजलाई फेसुबकले आधिकारिक पुष्टि गरी ब्लु टिक गरिदिएको छ । मलाई यो ठाउँसम्म पुराइदिनुहुने साथी, फ्यानहरुलाई धेरै धन्यवाद ।’
सुनिताले गायनसँगै अनलाइन विजनेश पनि गर्दै आएकी छन् । उनले एक वर्षअघि सञ्चालनमा ल्याएको अनलाई बुटिकमार्फत साडी, कुर्ता सुलवाललगायत नेपाली परिहन विदेशमा निर्यात गर्दै आएकी छन् । उनले भनिन्, ‘मेरो अनलाइन बुटिक पनि राम्रो चलेको छ । मैले अर्डर पुरा गर्नै समेत सकेकी छैन ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु