• सुनिता र अनुशिलाको आरोही

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७१, सोमबार

    काठमाडौं, ९ भदौ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आएकी सुनिता प्रधान लिम्बू र पत्रकार अनुशिलाको आरोही श्रोतामाझ आएको छ । गायिका कुन्ती मोक्तान, संगीता राणा प्रधान, सुक्मित गुरुङ, ज्ञानु राणा, मनिला सोताङलगायतले संयुक्त रुपमा आरोहीलाई सार्वजनिक गरेका हुन् । पत्रकार अनुशिलाको गीतरचना र सुनिता प्रधान लिम्बूको स्वर रहेको आरोही विमोचन कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, गायक दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभ, अविद, गायक राजेशपायल राई, धिरज राईलगायतको उपस्थिति रहेको थियो ।
    एल्बममा ६ वटा गीत समावेश गरिएको छ । एल्बममा राजु सिंह, सचिन सिंह, आलोक श्री, कल्याण सिंह, कमल खत्री लगायत ६ जना संगीतकारको संगीत रहेको छ । जसमा फूलमा खोजेँ तिमीलाई, आमा, शहरभरि, जतिसुकै लुकाउँ माया, हावाजस्तो हुलंगो मन, मतलब छैन जस्ताहरु समावेश गरिएको छ । आरोही एल्बमलाई सान्वना रेकर्डसले बजारमा ल्याएको हो ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु