• सुनिल भट्ट र सृष्टिबीचको रहस्य के ?

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७१, शनिबार

    काठमाडौं, ७ भाद्र । पत्रकार सुनिल भट्ट र नायिका सृष्टिबीचको सम्बन्ध के हो ? उनीहरुबीचको क्रियाकलापले पक्कै पनि सुनिल र सृष्टिको सम्बन्धभित्र केही न केही लुकेको छ । उनीहरुको सम्बन्धबीचमा देखिएको भिडियोले यतिखेर बजार तताएको छ ।
    चलचित्र पत्रकारितामा आफूलाई क्रियाशील बनाइरहेका सुनिल भट्ट यतिखेर भीड बीचमा गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हिमालयन टेलिभिजनमा अफ दि रेकर्ड, समय सन्दर्भ, सिनेमा संसार कार्यक्रम संचालन गर्दै आएका सुनिल भट्टले आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा खेलिसकेका छन् । काठमाडौंलाई अध्ययनको केन्द्रविन्दु बनाएर मोफसलबाट आएका उनी संचारकर्ममा लागे पनि अभिनयलाई पनि महत्वमा राख्छन् । आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेको भए पनि उनको अभिनयले भने चर्चा पाउन सकेको छैन । भीड बीचमा देखिएलामा सुनिलका अलावा सृष्टि र रुपकले अभिनय गरेका छन् । महेशबाबु तिमिल्सिनाको शब्दमा चक्रपानी तिमिल्सिनाको स्वर संगीत रहेको उक्त गीतबाट सुनिलले धेरै आशा गरेका छन् ।

    sunil

     

    [youtube]https://www.youtube.com/watch?v=wXg9loGlueY&feature=youtu.be[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु