• सुभाष सुन्दासको उड्न देउ

    म्यूजिक खबर
    प्रकाशित: २५ आश्विन २०७४, बुधबार

    २५ असोज २०७४, काठमाडौं । गायक सुभाष सुन्दास आफ्नो नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उनले पछिल्लो एकल एल्बम ‘उड्न देउ’ को शीर्षक गीत ‘उड्न देउ…’ को म्युजिक भिडियो यूट्युबमार्फत भरखरै सार्वजनिक गरेका छन् ।

    हाइलाइट्स रेकर्ड्सको च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । गायक सुन्दासकै शब्द तथा संगीतको उक्त गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् । म्युजिक जोयको म्युजिक लेभलमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियो साइप्रसका आकर्षक लोकशनमा छायांकन गरिएको छ । खासगरी समुद्री किनाराका दृष्यहरु अत्यन्त रमणीय लाग्छन् । आकर्षक लोकेशनमा कलाकारहरुले पनि उत्तिकै उत्कृष्ट अभिनय गरेका छन् ।

     

    बिरन मगरको निर्देशन तथा छायांकनको उक्त भिडियोमा गायक सुन्दाससंगै सोनिया श्रेष्ठ तथा दिनेश कार्कीले अभिनय गरेका छन् । भिडियोमा एउटा रोमाञ्चक प्रेम कथालाई चित्रण गरिएको छ । माधव बेल्बासेद्वारा सम्पादन गरिएको उक्त भिडियोका केही दृष्यमा भिएफएक्स समेत गरिएको छ । सुनिल थापाले भिडियोमा भिएफएक्स गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु