• सुमनको सरगम

    म्यूजिक खबर
    प्रकाशित: ६ चैत्र २०७०, बिहीबार

    काठमाडौं, ६ चैत । नवोदिन गायक सुमन सरगम आधुनिक गीति एल्बम ‘सरगम’ लिएर श्रोतामाझ आएका छन् । सुमनको पहिलो एकल एल्बमका रूपमा प्रस्तुत ‘सरगम’ मा पाँच गीत संगृहीत छन् ।
    एसियन म्युजिकले श्रोतासमक्ष ल्याएको एल्बममा ‘म कुनै हतारमा छैन, तिम्रो कसम तिमीलाई, कुनै स्वर्ग चाहिँदैन, पलपल मनमा जस्ता गीत छन् । एल्बमको ‘तिम्रो कसम तिमीलाई’ बोलको गीतलाई सुमनले नै संगीत दिएका छन् भने अन्य गीतमा सुरेश अधिकारी, महेश खड्का र बिबी अनुरागीको संगीत सुन्न सकिन्छ । ‘सरगम’ मा विश्वकाजी राई, रञ्जना राई र निलम राईको शब्दरचना छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु