• सुरजलाई हाँस्न पनि गाह्रो, रुन झन् सारो भएपछि

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०७४, शनिबार

    आषाढ १०, काठमाडौं । यस भन्दा अघि ‘चञ्चले चञ्चले….बोलको गीत लेखेर स्रोता–दर्शकमाझ आफ्नो परिचय बनाएका सुरज लामिछानेको ‘हास्न पनि गाह्रा भो, रुन झन सारो भो’ बोलको गीत सार्वजनिक भएको छ ।

    यो वियोगान्त भावमा बनेको उक्त गीतमा हिमाल सागरको स्वरमा रहेको छ भने बिक्रम थापाको सङ्गीत रहेको छ । युट्युव मार्फत सार्वजानिक गीतको भिडियोमा सन्तोष, रमेश, अक्ष्यतालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

    यादब पुडासैनीले निर्देशन गरेको भिडियोमा सुरेश बज्राचार्यले छायाँकन गरेका छन् । थुप्रै गीत लेखका सुरजले ओम प्रतिक निर्देशकमा बनिरहेको चलचित्र ‘बटर फलाई’का लागि पनि गीत लेखेका छन् जसमा गायक सिमान्त सन्तोषलगायतका स्वर दिएका छन् ।

    भिडियो हेर्नुहोस्:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु