• सुरेनको ‘भन्नेले के के भन्छन्’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०७४, मंगलवार

    असोज २४, काठमाडौं । अष्टे«लिया निवासी निर्देशक सुरेन श्रेष्ठ (सुरेन फोटोग्राफी एण्ड टिम) को निर्देशनमा ‘भन्नेले के के भन्छन्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेन यसअघि आठ वटा भिडियो निर्देशन गरिसकेका छन् । भिडियोमा एउटा रोचक प्रेम कथालाई चित्रण गरेका छन् । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

    मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । साँचो मायाको सधै जित हुन्छ । त्यसैले साँचो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ । मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको छ ।

     


    अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन् । भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । भिडियोमा कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन् । कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन् । केही समयपछि नै सृष्टि र कबिन एक–अर्कालाई प्रेम गर्न थाल्छन् ।

     

    सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन् । यद्धपि सृष्टि र कबिनको सुखद मिलन भएरै छाड्छ । भिडियोमा कबिन र सृष्टिले व्यवसायिक कलाकारले झैं अभिनय गरेका छन् ।

    टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा रघु जुगजलीले कोरियोग्रँफी गरेका छन् ।

    यस्तो छ ‘भन्नेले के भन्छन्…’ को म्युजिक भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु