• सुष्मा कार्कीलाई यसरी चुम्बन गर्ने को ? (हेर्नुस् भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७२, शनिबार

    काठमाण्डौँ । संचारकर्मी सुरज पौडेल गायनमा डेब्यू भएका छन् । ‘मनको खुशी’ एल्बममा समावेश उनको पहिलो गीत ‘गोलीले लागेझै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    हाल यस टेलिभिजनमा कार्यरत सुरज स्वयम्ले यो गीतको शब्द लेखेका हुन् । भिषण राईको संगीत रहेको गीतको भिडियोमा हट अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छिन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् । शंकरअधिकारी घायलको निर्देशन, प्रदिप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ । युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् ।

    IMG_0229

    गायक पौडेलले गायन आफ्नो सानैदेखिको रुची रहेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । त्यसैले केही कमिकमजोरी भए होलान्,’ उनले भने, ‘क्रमशः आफुलाई निखार्दै जाने सोचमा छु । त्यहीकारण विगत ६ महिनादेखि संगीत शिक्षामा पनि लिइरहेको छुँ । ’

    भिडियो लिंक –

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु