• स्वरुपा, वी.वी. र विजयको साक्षी

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०७२, आईतवार

    काठमाडौं । गायिका स्वरुपा रसाईली, संगीतकार वीवी अनुरागी र गीतकार विजयकुमार सुनारको संयुक्त गीतिसंग्रह ‘साक्षी’ सार्वजनिक भएको छ । इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा शनिबार एक कार्यक्रमको आयोजना गरी साक्षीलाई सार्वजनिक गरिएको थियो । प्रमुख संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्त, निर्देशक, संगीतकार एवं गायक नारायण रायमाझी, गायक शिशिर योगी, गीतकार रमेश पौडेल, गायक गोविन्द गुरुङ लगायतका हातबाट साक्षीलाई सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै संगीतकार वीवी अनुरागीले भावुक बन्दै गायिका बहिनी स्वरुपा र ध्वनि मुद्रक भाइ श्यामश्वेत रसाइलीको माया, स्नेह र कर्तव्यका बारेमा बोलेका थिए । अनुरागीले दसैंमा टीका लगाएर आएको दक्षिणा जम्मा गरेर मेरो पढाईलाई साथ दिएका थिए । मेरी आमाले आरनबाट छुटाएर मलाई पढ्न र संगीतमा क्षेत्रमा लाग्न प्रेरित गर्नुभयो र हामी यो ठाउँमा आइपुग्यौं, अनुरागीले आँसु झार्दै कार्यक्रममा बोले ।

    swarupa-sakshy
    त्यस्तै कार्यक्रममा एल्बमको समीक्षा गर्दै गायक शिशिर योगीले गायिका स्वरुपा रसाइलीको रोमान्टिक गीतलाई न्याय दिन सफल भएको बताएका थिए भने स्लोगीतमा त्यति न्याय हुन नसकेको बताएका थिए । तर एल्बममा उनले दिएको एकल स्वर समधुर बन्न सफल भएको भन्दै स्वरुपाको प्रशंसा गरेका थिए । योगीले संगीतकार वीवी अनुरागीको परिवार नै सांगीतिक भएको र आफ्नै परिवार जस्तै लाग्ने गरेको बताएका थिए ।

    ramesh poudel
    त्यस्तै गीतकार रमेश पौडेलले गीतका बारेमा समीक्षा गर्दै सरल, कर्णप्रिय गीत बन्न सफल भएको बताउँदै गायिका स्वरुपाको सांगीतिक भविश्य उज्ज्वल भएको बताएका थिए । त्यसैगरी संगीतकार, गायक एवं निर्देशक नारायण रायमाझीले यदि बीबी अनुरागीको परिवार नभएको भए मेरो सांगीतिक करिअर पनि यो ठाउँमा हुने थिएन भन्दै गायिका बहिनी स्वरुपाको स्वर सुन्दर भएको बताए । रायमाझीले आफ्ना विगतको दिनहरु स्मरण गर्दै गायिका स्वरुपा, संगीतकार अनुरागी र श्यामश्वेत रसाइलीसहितको सांगीतिक परिवार आफ्नो काममा दक्ष भएको परिवार बताए ।

    swarupa_1
    त्यस्तै गायक गोविन्द गुरुङले गायिका स्वरुपाको साक्षीलाई शुभकामना दिँदै संगीतकार अनुरागीको संगीत मन परेकै कारण आफूले पनि उहाँको संगीतमा गीत गाएको उल्लेख गरे । लोकआधुनिक शैलीको सरल र मिठासपूर्ण संगीत निर्माण गर्ने अनुरागीको कलामा जादू भएको गायक गुरुङले बताए ।

    govinda gurung
    आफ्नी आमालाई सभापति बनाएर कार्यक्रमको आयोजना गरिएको उक्त विमोचन कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने स्वरुपाको एक गीतमा संगीतकार अनुरागीको छोरी शिक्षाले एउटा नृत्य प्रस्तुत गरेकी थिइन् । एल्बममा स्वरुपा रसाइलीको एकल स्वर, वीवी अनुरागीको एकल संगीत एवं एरेन्ज र विजय कुमार सुनारको एकल शब्द रचना रहेको छ । एल्बममा ७ वटा गीत समावेश गरिएको छ ।

    swarupa

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु