• पलमै हसायौं पलमै रुवायौ

    म्यूजिक खबर
    प्रकाशित: २५ भाद्र २०७२, शुक्रबार

    काठमाडौं । चलचित्र कहाँ छौ कहाँको ‘छोडेर नजाउ प्रदेशी मलाई दुई दिन माया लाएर’ बोलको गीत बाट नेपाली पार्श्व गायन संगै चर्चामा आएका गायक महेश थुलुङ्को यतिबेला काठमाडौँमा एक म्युजिक भिडियो छायांकन भएको छ ।

    00522
    निकै नै मिहेनती गायक थुलुङ यतिबेला अमेरिकामा बसोबास गर्दै आएका छन् । महेश थुलुङ्को मोमेन्ट एल्बममा समावेश पलमै हसायौं पल मै रुवायौं बोलको गीतको काठमाडौँमा शुटिङ सम्पन्न भएको हो । फोटोपत्रकार नबिन गुरुङले निर्देशन र छायांकन गरेको महेशको पल मै हसायौंमा पहिलो पटक मोडेल निराजन प्रधान र कोकाकोला फिगर नायिका अशिस्मा नकर्मीले पहिलोपटक संगै काम गरेका छन् ।

    005213
    यस अघि प्रियसी ,लुटेर लग्यौं , र आकाशैमा चिल होकी बेशार बोलको गीतहरु चर्चामा आएका थिए । महेश थुलुङ्को यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजानिक गरिने निर्देशक गुरुङले बताएका छन् ।

    mahesh sir

    007

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु