• हाइ हेल्लो भन्दै आए हङकङ आइडल राज

    म्यूजिक खबर
    प्रकाशित: २५ आश्विन २०७४, बुधबार

    २५ असोज २०७४, काठमाडौं । हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङ आफ्नो नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

    आफ्नै शब्द तथा संगीतको ‘हाइ हेल्लो…’ शीर्षकको उक्त गीत डान्सिङ शैलीको छ । सञ्जीव बराइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई पार्टि थिममा छायांकन गरिएको छ ।

    भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । साजन नृत्यमा आधारित रियालिटी शो छमछमी–२ का विजेता पनि हुन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोको निर्देशन मिलन थापाले गरेका हुन् । भिडियोमा साजन थापाको कोरियोग्राफी छ ।

    यस्तो छ हाइ हेल्लोको म्युजिक भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु