हिरादेवी वाइवाका गीतलाई पुनर्जीवन

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७३, बिहीबार

पौष १४, काठमाडौं । सन् १९७० दशककी चर्चित लोक गायिका स्वर्गीय हिरादेवी वाइवाका गीतहरु अब नयाँ एरेन्जमेन्टमा आउने भएका छन् । हिरादेवीका सन्तानहरू नवनीत आदित्य वाइवा (छोरी) र सत्य आदित्य वाइवा (छोरा) ले आमाद्वारा गाइएका केही गीतहरूलाई पुनरजीवन दिन गीतहरूको रि–मास्टरिङ तथा रेकर्डिङ्ग गरेका छन् । ‘फरिया ल्याइदेछन, त्यो पनि राता घनन….’ ‘धनकुटाको डाँडैडाँडा, चल्यो हुलाकी…..’ ‘आइस्याङ्वो सहनाईको सङ्केतले सम्झायो सइबैलाई……’ जस्ता ठेट पूर्वेली भाकाहरू अब स्वर्गीय हिरादेवीकी सुपुत्री नवनीत आदित्य वाइवाको स्वरमा सुन्न सकिने छ ।

hiradevi-waiba
उनीहरुको राजधानीमा प्रेस भेटघाटको कार्यक्रम राखेर आफूहरुले आमाको गीतलाई पनर्जीवन दिनका लागि नयाँ एरेन्जमेन्ट र रिमास्टरिङ गरेको बताए । उनीहरुले नेपाली लोक जीवन, त्यसको मौलिकता र साँस्कृतिक भाव बोकेको हिरादेवीका स्वरहरूलाई आउँदा पुस्तासम्म पु¥याउनु मात्रै नभई नवनीत र सत्यले यसलाई आमाप्रतिको सच्चा श्रद्धाञ्जली समेत हुने बताएका छन् ।


सन् १९६६ मा पहिलो पटक रेडियो नेपालबाट गायन यात्रा शुरू गरेकी हिरादेवी वाइवाको सन् २०११ जनवरी ११ का दिन निधन भएको हो । करिब ४० वर्षे गायन अवधिमा उनले ३ सय भन्दा बढी गीतहरू गाएकी छन् । ती मौलिक तथा कालजयी गीतहरूलाई पुनरजीवन दिने अभियानमा दिदी–भाइ नवनीत र सत्यलाई चर्चित कुटुम्ब व्याण्डका सदस्यहरूले सघाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु