![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
काठमाडौ । होटल म्यानेजमेन्ट बिषयमा अध्यायरत युवायुवतीको प्रतिभा निखार्दै समाजमा जिम्वेवार ब्यक्ति र म्यानेजमेन्टमा उत्कृष्ट प्रतिभा दिने उदेश्यले नेपालमै पहिलो पटक आयोजना हुन लागेको सौदर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस होटल म्यानेजमेन्ट २०१५’का लागी तिस प्रतियोगी छानौट भएका छन् । ‘शिक्षा, प्रतिभा र सौदर्य’ नारा रहेको प्रतियोगीताको आइतबार सम्पन्न पहिलो अडिसनबाट १५ युवा र १५ युवती अन्तिम चरणका लागी छानिएका हुन् ।
राजधानीमा आयोजित अडिसनमा ३५ पुरुष र २५ महिलाले सहभागीता जनाएका थिए भने अडिसनमा कोरियोग्र्राफर रोजिन शाक्य, म्यान हन्ट इन्टरनेशनलका २०११ विजेता निर्जन थापा, मिस्टर नेपालकी कोरियोग्राफर चादनी लामिछाने, नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमला, फोटोग्राफर अभिषेश मास्केलगायत निर्णायक रहेका थिए । १६ देखि ३५ बर्षसम्मका जुनै समुदायका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगिताको अर्काे अडिसन १६ असोजमा हुनेछ ।
होटल म्यानेजमेन्ट बिषयमा अध्यायनरत नेपाली युवायुवतीमा शिक्षाको अलवा प्रतिभा र सौदर्यको महत्व दर्शाउदै उत्कृष्ट प्रतिभा देशलाई दिने उदेश्य कार्यक्रमको रहेको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतिभाले युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट प्रतिभा बन्न सहयोग पुग्ने बिश्वास आयोजकको रहेकोछ ।
प्रतियोगीतामा पहिलो र दोस्रो अडिसनबाट छानिन सफल प्रतियोगीलाई मोडलिङ, अरजे, भिजे, अभिनय तथा नृत्य ,ब्यक्तित्व बिकाश, क्षमता बृद्धीलगायतका तालिमका अलवा इभेन्ट म्यानेजमेन्ट, फोटो सेसन, अडियो भिडियो तथा प्रिन्ट बिज्ञापन, म्युजिक भिडियो निर्माण, फेसन सो ,सौदर्य तथा ट्यालेन्ट सम्बन्धी ज्ञान मुलक प्रशिक्षण दिइने कार्यक्रम निर्देशक यतना पाण्डेले जानकारी गराइन् ।
प्रतियोगीतामा शिर्ष सहित फष्ट रनर अफ, सेकेण्ड रनरअप, सोसल्ली रेस्पोन्सीवल, बेष्ट पर्सनालिटी, मोष्ट फोटो जेनिक, एचएम थिम ड्रेस, मोष्ट ट्यालेन्ट, पब्लीक च्वाई अवार्ड, बेष्ट वाक , मष्ट पपुलर मष्ट डिसिप्लेन लगायतका बिधामा पुरस्कृत गरिनेछ ।
प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा अन्तराष्ट्रिय क्षेत्रमा होटल म्यानेजमेन्ट अध्यायनको अवसरका साथमा चलचित्रका लागी मुख्य अभिसाथनेता वा अभिनेत्रीको अवसर ,केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा प्राप्त गर्न सक्नेछन् ।