• १५ पत्रकारलाई विन्ध्यवासिनी गीत संगीत पत्रकारिता पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: २१ आश्विन २०७२, बिहीबार

    काठमाडौं । म्यूजिक खबर डटकमका एवं म्यूजिक खबर मासिकका प्रधान सम्पादक सुमन बैरागीसहित विभिन्न मिडियामा कार्यरत १५ जना पत्रकारलाई विन्ध्यवासिनी फाउन्डेसनले सम्मान गर्ने भएको छ । विगत १७ वर्षदेखि गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका पत्रकार बैरागीलाई पत्रकारिताका माध्यमले गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विन्ध्यवासिनी फाउन्डेसनले “विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७२” प्रदान गर्न लागेको हो । पत्रकार बैरागीसको साथमा रेडियो नेपालका राम अबिरल, हिमालयन टाइम्सका नेमिष गौतम, अन्नपूर्ण पोष्ट दैनिकका कीर्तन अधिकारी, साप्ताहिकका विदुर खतिवडा, बीएफबीएस रेडियोका तुलसी बस्नेत, टाइम्स एफएमकी शारदा थापा, इमेज एफएमकी प्रिया थापा, विन्दास एफएम वीरगन्जका आरसी यादव, गोदावरी एफएम अत्तरिया कैलालीका गोविन्द रोस्वारा, सिनर्जी एफएम चितवनकी अजिता अधिकारी, कालिका एफएम चितवनका मनोज पन्त, हिट्स एफएमकी कला सुब्बा, कान्तिपुर एफएमकी भूमिका थापा, अन्नपूर्ण पोखराका मोहन कुमार विष्ट रहेका छन् ।

    bindabasini samman suman bairagi
    विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा आगामी आश्विन २६ गते हुन गइरहेको “विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ –२०७२” का अवसरमा १५ जना पत्रकारलाई “विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७२” प्रदान गर्न लागिएको हो । उनीहरुलाई नगदसहित सम्मानपत्रद्वारा सम्मानित गर्न लागिएको विन्ध्यवासिनी फाउन्डेसनका निर्देशक सुवास रेग्मीले बताए । रेडियो, अनलाईन, छापामाध्यममा कार्यरत पत्रकारहरुले गीतसंगीतको क्षेत्रमा पु¥याएको उल्लेख्य योगदानको कदर गर्दै विन्ध्यवासिनी फाउन्डेसनले विगतका वर्षदेखि नै यो सम्मान गर्दै आएको छ ।
    “विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ –२०७२” को अवसरमा गीतसंगीतको क्षेत्रमा योगदान पु¥याउने विभिन्न स्रष्टाहरुलाई पनि सम्मान गरिने भएको छ भने फाउन्डेसनका आजीवन सदस्यहरुलाईसमेत सम्मान गरिने आयोजक संस्थाले बताएको छ । त्यस्तै विन्ध्यवासिनी म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनमा परेका स्रष्टा एवं सिर्जनालाई पनि उक्त दिन मनोनयनको प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम राष्ट्रिय नाचघर जमलमा हुनेछ भने कार्यक्रमका अवसरमा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु