• २३ औं चोटी हङकङ पुगेका राजेशले जादु देखाए

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७२, सोमबार

    मेगा स्टार राजेश पायल राई यतिबेला सांगीतिक टुरका क्रममा हङकङ पुगेका छन् । हङकङमा हिजो भएको पुमा सांगीतिक साँझमा राजेशले जादुमय स्वरका कारण फेरि धमाका गरका छन् । उनले हङकङको याउ माई ताई मा आयोजित सांस्कृति कार्यक्रममा २३ औं प्रस्तुति दिइरहँदा हङकङबासीलाई नचाउन सफल भए । दर्जनौं गीत प्रस्तुत गरेका राईले केहि जोक्स र किस्सा पनि सुनाउन भ्याए । कार्यक्रममा नाईँ नभन्नु ल –२, नमाग म सँग सहारा नमाग, फूलैफुलको मौसम तिमीलाई, नाईं नभन्नु ल–४, राम प्यारी, बाबै आरखा, दिक्तेल बजार, म त मर्छु कि क्या हो ठूली लगायत गीतले भरपुर मनोरञ्जन दिलाए भने कार्यक्रममा जुना प्रसाईं, राजेश पुमा राई नृत्य गिता राई, हाँस्य कलाकार पारवन राईको जोडदार प्रस्तुति थियो भने कर्ण राईको उद्घोषले पनि कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रम अत्यन्त सफल रहेको किराँत राई हङकङका अध्यक्ष तथा आयोजक पेन्गुइन राईले बताए ।

    rajesh _payal rai

     

     

     

    rai is king_rajesh

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु