• ३० हजारमा पाइरेसी गर्न छुट भयोः रेग्मी

    म्यूजिक खबर
    प्रकाशित: ८ पुष २०७२, बुधबार

    विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले संगीत उद्योग कहाँ गयो ? गीतसंगीत बिक्री भएन ? रोयल्टी पाइएन ? जस्ता प्रश्नहरुले गर्नेहरुले नै ३० हजारमा पाइरेसी गर्न छुट दिँदा आजको अवस्थामा गीतसंगीत उद्योग धरासायी बन्न पुगेको बताए । अहिलेको गीतसंगीतको प्रतिफल खोलामा, झोलामा र लाइनमा छ भन्दै रेग्मीले म्यूजिक नेपालको व्यवसायलाई माथि लैजान सबै संगीत कम्पनी संचालक लागे जसले गर्दा ३० हजारमा पाइरेसी गर्ने छुट मिलेको बताए । रोयल्टी पाइएन भन्नेहरु नै रोयल्टी कसले खोजिदिने भन्ने विषयमा अनविज्ञ भएको बताउँदै गायक गायिकाले रोयल्टीको हिस्सा खोज्नु औचित्यहीन भएको बताए । प्रत्येक महोत्सव, देशविदेशका कार्यक्रममा स्रष्टाको गीत गाएर पैसा कमाउने अनि मेरो गीत हिट भो भनेर हल्ला पिटाउने गायक गायिकाबाट प्रत्येक कार्यक्रमबाट आएको रकमबाट रोयल्टी लिनुपर्छ बल्ल रोयल्टीको व्यवस्थापन हुन्छ रेग्मीले कार्यक्रममा भने ।

    karishma gham
    गीतकार करिश्मा घमको गीती एल्बम ‘मुटु’ विमोचन कार्यक्रममा रेग्मीले गीतसंगीत क्षेत्रमा असली व्यवसायीको पहिचान हुनु पर्ने भन्दै कडा शब्दमा गीतसंगीत उद्योगको धरातलबारे प्रष्ट पारेका थिए । सोही कार्यक्रममा रेग्मीले संसारमा कहि नभाको गायक गायिकाले रोयल्टीमा हिस्सा माग्नु दुर्भाग्यपुर्ण रहेको बताउँदै उनले प्रस्तोता समाज नै सिएमओबाट हटाउनुपर्ने माग समेत राखे ।
    संगीतकार राजेश थापाको एकल संगीत एवं करिश्मा घमको एकल शब्दमा तयार भएको गीतिसंग्रह ‘मुटु’ वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले प्रमुख अतिथीको मञ्चबाट सार्वजनिक गरेका हुन । विन्ध्यवासिनी म्यूजिक प्रा.लिले बजारमा ल्याएको मुटुभित्र राम्रा गीत समावेश रहेको कार्यक्रमका अधिकांश वक्ताहरको साझा धारणा थियो ।

    subas regmi
    कार्यक्रममा सांस्कृतिक संस्थानका प्रमुख राजेश थापा, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, पत्रकार विदुर गिरी, गायिका कोमल वली, उत्पादक समाज नेपालका महासचिव लक्ष्मण हुमागाई, निर्देशक निर्मल शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संचारकर्मी सबुश्रीले संचालन गरेकी थिइन् भने एल्बमभित्र समावेश रहेका स्रष्टाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु