• ६ वटा गीतिसंग्रह एउटै थलोमा

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७१, बिहीबार

    काठमाडौं, २६ भाद्र । लोक गायनका क्षेत्रमा क्रियाशील रहेका विभिन्न कलाकारका ६ वटा गीतिसंग्रह एकै थलोमा सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा ६ वटा लोक तथा दोहोरी गीतलाई सामूहिक रुपमा सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नेपालीहरुको महान पर्व दशैलाई केन्द्रित बनाएर रचना गरिएका मदन बेल्बासेको घुम्दै फिर्दै दशै तिहार आयो तथा रेशम वि.कको दशै तिहार आयो लगायत, पुराना लोक गायक मच्छेश्वर सापकोटाको खुसी मनले, अर्जुन घिमिरेको  जिम्मलका छोरी, सागर दर्नालको सिन्धुलीको जुनार र मौसम गुरुङको एउटा राम्रो बाटो देखाइदेउ गीतिसंग्रहको सामूहिक विमोचन गरिएको हो ।
    राष्ट्रिय लोक संचारकर्मी नेपालद्वारा आयोजित विमोचन समारोहमा सार्वजनिक गरिएको मच्छेश्वर सापकोटाको खुसी मनलेमा लय तथा शब्द गायक स्वयमंकै रहेको छ भने आवाजमा उहाँकै धर्मपत्नी सरस्वती सापकोटाले साथ दिएकी छिन् ।
    जिम्मलका छोरी गीतिसंग्रहमा अर्जुन घिमीरेको स्वर तथा लय रहेको छ भने प्रकाश थापाको शब्द सिर्जना रहेको छ । संचारकर्मी रामचन्द्र श्रेष्ठको लय तथा शब्द सिर्जना रहेको सिन्धुलीको जुनारमा सागर दर्नाल र पिंकी क्षेत्रीको आवाज रहेको छ भने  रेशम विकको लय तथा शब्द सिर्जनामा रहेको दशै तिहारमा रेशम विक र देवी घर्तीको आवाज रहेको छ ।
    नेपालीहरुको महानपर्व बडादशैंकै विषयवस्तु बोकेको मदन बेल्बासेको घुम्दै आयो दशै तिहारमा देवी घर्ती र मदन बेल्बासेको स्वर रहेको छ । त्यस्तैगरि लोक गायक मौसम गुरुङको एउटा राम्रो बाटो देखाइदेउमा गुरुङ स्वयम् र कालिका रोकाको आवाज रहेको छ भने कल्पनाका काफ्लेको शब्द र मौसम गुरुङको लय रहेको छ ।
    सो विमोचन समारोहमा झण्डै चार दशक लोक गायन क्षेत्रमा बिताएका लोक गायक मच्छेश्वर सापकोटाले रेडियो नेपालमा आफुले गीत गाउदाँको अनुभव सुनाउँदै आफ्नोपन समेटिएका लोक गीत हराउँदै गएकोप्रति चिन्ता ब्यक्त गरेका थिए । सो अवसरमा विमोचित गीतिसंग्रहका श्रष्टाले आ–आफ्नो अनुभव साटासाट गुर्नुका साथै आ–आफ्नो सिर्जना गाएर सुनाएका थिए । राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले संचारकर्मीहरुले आफ्नो मौलिक गीतसंगीतको संरक्षण एवं प्रबद्र्धनमा सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै ६ वटा गीतिसंग्रहको सफलताको शुभकामना दिएका थिए । त्यस्तै लोकसंचारकर्मी नेपालका सल्लाहकार गोविन्द शर्माले विमोचित गीतिसंग्रहको सफलताको शुभकामना दिँदै बडादसैंको अवसरमा बजारमा ल्याइएका गीतिहरुले सबैको मन जित्न सफल हुने बताएका थिए ।
    6 album (8) 6 album (7) 6 album (5) 6 album (4) 6 album (3) 6 album (1)

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु