अग्नि लगत्तै रिफ्युजी

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७१, बिहीबार

काठमाडौं । जयश्री बुढासुब्बा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र अग्नि यतिबेला सम्पादनमा रहेको छ । निर्देशक उदय सुव्बाले निर्माण, निर्देशन गरेको चलचित्र अग्निको छायाँकन पूर्वाञ्चलकको विर्तामोड, झापा आसपासमा भएको थियो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेकोे चलचित्र अग्निमा दिलीप रायाझी, जीवन लिम्बु, रमा लिम्बू, भीम केरुङ, राम वि.क., उदय सुब्बा, देवकुमार चौधरी, कुमार सिलवाल आदिको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित एक्सन प्रधान विषयवस्तु भएपनि चलचित्र पूर्णरुपले मनोरञ्जनात्मक रहने निर्देशक सुब्बाको कथन छ । चलचित्र अग्नीको सम्पादन काठमाडौंमा भैरहदा निर्देशक उदय सुव्बा भने यतिबेला निर्माणधिन चलचित्र रिफ्युजीको लोकेशन चयनको लागि पूर्व पुगेका छन् । चलचित्रको बेलडाँगी शरणार्थी शिविर लगायतका स्थानमा छायाँकन हुने निर्देशक सुव्बाले बताए ।

agni1 subba

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु