अजित सबेरै लिएर आए

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । नेपाली गीत संगीतको छेत्रमा लामो समय देखि संघर्षरत गायक अजित घिसिङले भर्खरै मात्र ‘सबेरै’ बोलको गीत बजारमा ल्याएका छन् । शब्द तथा सङीत समेत गायक स्वयंकै रहेको उक्त गीतमा एरेन्जमेन्ट भने रिकेश गुरुङको रहेको छ । ‘धेरै धेरै माया’ बोलको गीत सगै नोपाली सांगीतीक क्षेत्रमा भित्रीएका गायक अजितले ज्वाई खत्तेु, ‘काका’, ‘फुर्के सल्लो’, ‘ताली’, पञ्चेबाजा लगायतका थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
केही समयको अन्तरालपछी हालसालै मात्र म्युजिक भिडियो सहित सबेरै बोलको गीत बजारमा ल्याएका अजितको उक्त गीतको म्युजिक भिडीयोलाई निर्देशन तथा सम्पादन प्रवेश तन्डुकारले गरेका छन् । निर्देशक तण्डुकार लामो समयदेखि टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत रहेका छन् । उनले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो । धन योञ्जनको छायाँकन रहेको उक्त भिडियोमा गीतको भावअनुसार नै कथालाई पर्दामा उतार्ने कोसिस निर्देशक तण्डुकारले गरेका छन भने राम्रो अभिनय कैशलता देखाएका छन् रबिन र सजनाले ।

ajit ghising1

विभिन्न टेलिभिजन र युट्युवमा समेत एकैसाथ सार्वजनिक गरिएको उक्त भिडीयोबाट सर्बत्र कामको प्रशंसा भएको निर्देशक तन्डुकारले बताएका छन । उता गायक घिसिङ भने नब निर्देसक भएपनि उत्कृष्ट काम भएकोमा खुसी ब्यक्त गर्छन् । सम्पादनको अनुभव भएका ब्यक्तीले निर्देशन गर्दा काम राम्रो हुनेरहेछ भन्दै गायक घिसिङले यो गीत तथा भिडियोबाट आफु नेपाली संगीतको क्षेत्रमा अझै स्थापित हुनेमा विस्वस्त रहेको बताएका छन् । आगामी दिनमा अरु अवसर पाएको खण्डमा अझ राम्रो काम गर्दै जाने भन्दै निर्देशक तण्डुकारले आफ्नो डेव्युट भिडीयोबाट आफुले निकै आश गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु