अडिसनमा नेशनल भ्वाइस

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७१, मंगलवार

काठमाडौं, ७ असोज । नेपालीगीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै आवाजको खोजी नाम दिइएको ‘नेशनल भ्वाईस’ राष्ट्रव्यापी गायन प्रतियोगिताको प्रतियोगीहरु छानिने काम सम्पन्न भएकोे छ । ‘नेपालीको तन, नेपाली मन र नेपालीकै रोजाई’ नारा दिइएको यस ‘नेशनल भ्वाईस’ मा काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुबाट ८ सय प्रतिस्पर्धीहरुमध्येबाट १ सय छनोट भएका छन् । बरिष्ठ सङ्गीत गुरु एव सङ्गीतकार गुरुदेव कामत र सङ्गीतकार विकास चौधरी, गीतकार शङ्कर अधिकारी ‘घायल’ र म्यूजिक ऐरेञ्जर देवेन्द्र नेवा निर्णायक मण्डल रहेको ‘नेशनल भ्वाईस’मा संयोजक रञ्जित कुमार सहनी, सहसंयोजक सुपक बस्नेत, प्रबन्ध निर्देशक सविना केसी र सीमा शाह कार्यक्रम निर्देशक रहेका छन् ।
लुकेर रहेका गायन प्रतिभाहरुलाई खोजी गरिने मुख्य उद्देश्य रहेको यो कार्यक्रमलाई आयोजकले नेपाली गीत सङ्गीतमा एउटै छुट्टै आवाजको खोजी भनेको छ । यसको दोस्रो अडिसन तिहारपछि हुने आयोजकले जनाएको छ । शान्ति इन्टरटेनमेन्टकी सबिना केसीका अनुसार नेपाली गीत सङ्गीतको क्षेत्रमा एक बेग्लै आवाजको खोजी गर्नको लागि सिङ्गीङ कम्पिटिसन गर्न लागिएको हो । शान्ति इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘नेशनल भ्वाईस’ मा प्रथम हुनेलाई एकल एल्वम, दुईवटा चलचित्रमा गीत गाउने अवसर र एक वर्ष सङ्गीत प्रशिक्षण त्यस्तै दोस्रो हुनेलाई दुईवटा गीत रेकर्डिङ र ६ महिना सङ्गीत प्रशिक्षण र तेस्रो हुनेलाई तीन महिना सङ्गीत प्रशिक्षण र मायाको चिनो प्रदान गरिने र विभिन्न गिफ्टहरु प्रदान गरिने बताइएको छ ।

News photo 2

News photo

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु