अथाह मातृप्रेमको कारणले समाजसेवामा गायक कार्की

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७४, सोमबार

Birahi Karki

वैशाख ११, काठमाडौं । मातातिर्थ औंशीका दिन सबैले आफ्नी आमाप्रति विशेष भक्ति, श्रद्धा र सम्मान अर्पण गर्दछन् । आमालार्ई मन पर्ने भोजन तथा उपहारहरु दिएर आमालाई खुशी पार्ने कोशीष गर्दछन् । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै अर्थात् विभिन्न पुनित कार्य गर्दै आमाको सम्झना गर्छन् । यस्तै चर्चित लोक गायक बिरही कार्की पनि स्व. आमालाई देबघाटमा बृद्ध आमाबाबालाई खाना तथा फलफूल खुवाई स्व. आमाको हृृद्धयस्मरण गर्ने भएका छन् ।

उसो त उनी माता तिर्थ औंशीका दिन मात्र नभई हरेक दिन आमाको स्मरण गर्ने र अहिले आफू जहाँ जे छु त्यो आमाको कारणले रहेको बताउँछन् । सदैब सामाजिक कार्यमा अग्रसर रहँदै आएका कार्कीले पछिल्लो समयमा गैर नाफामुलक सामाजिक संस्था ‘फुलमाया कार्की फाउण्डेशन’ पनि आमाको नाममा नै सञ्चालन गरेका छन्, जसबाट पनि उनको मातृप्रेमको तह उच्च भएको प्रष्टिन्छ ।

‘फुलमाया कार्की फाउन्डेसन’ मार्फत् आमाको मुख हेर्ने दिन वैशाख १३ गते चितवनको देवघाटमा बृद्आमा बाबालाइ खाना तथा फलफुल खुवाउने योजना रहेको छ गायक कार्कीले बताए । त्यस्तै सीमान्तकृत समुदाय गरिब, असाहय बालबालिकाहरूका शिक्षामा, पहलकदमी चाल्दै आएको सामाजिक सस्था फुलमाया कार्की फाउन्डेसनले छोटो समयमा धेरै नै सामाजिक काम गरेर दिन दुखिको हित गर्दै आएको छ, । समाजमा भएका बिभिन्न रोगबाट ग्रसित बिरामीहरु हुन् वा विदेशमा अलपत्र परेका नेपाली हुन सबैलाइ आफु सक्दो सहयोग गर्दै आएको फाउन्डेसनले अबको शैक्षिक सत्र बाट ७ जना बालबालिकाको माध्यमिक शिक्षा पुरा गर्ने लक्ष्य लिएको छ ।

करिब ५० जना आजिबन सदस्य रहेको फाउन्डेसनले देश तथा विदेशमा रहेका नेपालिहरुको सहयोग,सदस्यता शुल्क र गायक बिरही कार्कीले हरेक कार्यक्रमहरु बाट गित गाउदै संकलन गरेको आर्थिक रकमले समपुर्ण फाउन्डेसनको काम पुरा हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु