अदाको आकाशमा उड्ने तयारी – भिडियो हेरौं

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७२, बुधबार

बादलुको बगैचामा मौका मिलेसम्म कस्लाई उड्न मन नलाग्ला र ? तर जीवनमा सोचे जस्तो अनि चाहे जस्तो कहाँ हुन्छ र ? तर नेपाली सांगीतिक आकाशमा एक नव प्रतिभा आकाशमा उड्ने सपना बुन्दै छिन् आफ्नो पहिलो गीतमै नारीको चाहनालाई समाबेश गरी फरक तरीकाबाट नेपाली संगीतमा उदाउन लागेकी प्रतिभा हुन् ।

अदा थापा हालै मात्र गायिका अदा थापाको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ सुशान्त गौतमको शब्द र संगीत अनि रिकेश गुरुङको म्युजिक एरेन्ज रहेको यस गीतमा प्रकृति बुढाथोकी पहिलो पटक म्युजिक भिडियोमा देखिदै छिन् भिडियोमा हरि हुमागाईंको छायांकन ,निशान घिमिरेको सम्पादन र विधान कार्कीको निर्देशन रहेको छ भने यो गीतलाई सुत्र इन्टरटेनमेन्ट ले बजारमा ल्याएको छ भिडियोलाई काठमाडौँका मनमोहक दृश्यमा छायांकन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु