अधिकारमा सनमको यात्रा

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७४, बुधबार

१५ कार्तिक २०७४, काठमाडौं । गीतसंगीतको क्षेत्रमा एकछत्र राज गर्न सफल मोडल सनम कठायत यतिबेला भने टेलिभिजनको दुनियाँमा पनि यात्रा तय गरिरहेका छन् । नेपाल सरकारको सूचना आयोगका लागी नेपाल टेलिभिजनद्वारा निर्मित मेगा टेलिश्रृखला “अधिकार“को शुभ मुहुर्त संगै सनमको टेलिभिजनको अभिनययात्राले पनि छलाङ्ग मार्दैछ । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा ,नेपाल टेलिभिजनका कार्यकारी प्रमुख महेश दाहाल लगायत अन्य निकायका प्रमुखहरुको उपस्थितिमा शुभ मुहुर्त गर्दै छायाँकन पनि सुरु भएको छ । यो सिरियलको प्रमुख पात्र मोडल सनम कठायत र रिजा भुसालले मुहुर्त सट दिएर छायांकन थालिएको हो । निर्देशक रमेश कोइराला रहने टेलिश्रृखलामा अग्रज कलाकारहरुको बाक्लो उपस्थिति रहनेछ ।


मनोरञ्जनसंगै आम जनमानसमा सूचनाको हकलाई सुसूचित गर्ने अभियानमा प्रमुख पात्रको जिम्मेवारी लिएका चर्चित मोडेल सनम कठायतले थुप्रै चलचित्रको अफर आउँदा पनि अभिनय यात्राको थप सिकाइ संगै आफुलाइ परिमार्जन गर्ने सुअवसरको रुपमा लिदै ठुलो पर्दाको लागी आफुलाइ सम्पुर्णरुपमा तयार पार्न टेलिश्रृखला गरेको बताएका छन् । उनले भने – ‘अब नयाँ यात्रामा भए पनि अभिनयको पाटो भने उस्तै रहेको बताउँदै फरकपनमा भने मलाई सबैले देख्न पाउनुहुनेछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु