अधिकारी र क्षत्रीको शब्दसागर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७२, बिहीबार

गीतकार रमेश अधिकारी र कृष्णबहादुर थापा क्षत्रीको संयुक्त गीतिसंग्रह ‘शब्दसागर’ सार्वजनिक भएको छ । बीएफबीएस गोर्खा रेडियोको स्वर्णीम संगम कार्यक्रमबाट प्रत्यक्ष कुराकानीसहित शब्दसागरको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमका संचालक गीतकार तुलसी बस्नेत, रेडियोका स्टेशन म्यानेजर विनोद विक्रम खड्का हातबाट सार्वजनिक गरिएको हो ।
गीतकारद्वय क्षत्री र अधिकारीको शब्दरचनामा तयार भएका कर्णप्रिय गीतहरुको संगालो शब्दसागरमा शब्दरचना थाहा भए र सोझो मान्छे म क्षत्रीले लेखेका छन् भने तिमीलाई माया र भुल भयो जिन्दगीलाई अधिकारीले लेखेका छन् । जसमा क्षत्रीले लेखेका शब्दमा सम्राट थापा र मेघ लामाको संगीत रहेको छ भने जुनु रिजाल र रामचन्द्र काफ्ले एवं मेघ लामकै स्वर रहेको छ । त्यस्तै अधिकारीका शब्दमा अर्जुन नेपाली र शिलाबहादुरको संगीत रहेको छ भने जगदीश समाल र कुन्ती मोक्तानले स्वर दिएका छन् ।

sabda sagar1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु