अधुरो मायामा तड्पिँदैछन् सरोज

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७२, मंगलवार

काठमाडौं । चलचित्र क्षेत्र होस् या म्यूजिक क्षेत्र प्रया माया प्रेममा तड्पिनेहरु धेरै हुन् गर्छन् । सांगीतिक क्षेत्रमा त धेरै धोका खानेहरुले नै आफ्नो कथा गीतमार्फत् प्रस्तुत गरेका हुन्छन् । चलचित्र उद्योगमा राम्रो कलाकारका रुपमा चिनिने सरोज केसी पनि अहिले अधुरो मायाभित्र तड्पिन बाध्य भएका छन् । माया अधुरो भएपछि जीवन नै अधुरो हुन्छ भन्नेहरुको बीचमा उनी पनि देखिएका छन् । तर उनको वास्तविकता भने अझै बुझ्न सकिएको छैन ।
चलचित्रमा आफ्नो अभिनयलाई मजबुत पार्दै आएका सरोज केसी बीएफबीएस गोर्खा रेडियोमा कार्यक्रम संचालकका रुपमा कार्यरत छन् । उनी राम्रो प्रस्तोता हुन् भने अभिनयका हिसाबले राम्रो कलाकार । कलाकारिताभित्रकै एउटा पाटो हो म्यूजिक भिडियोको अभिनय । चारवर्ष अघि म्यूजिक भिडियोमा देखिएका केसी पुनः म्यूजिक भिडियोमा देखिएका छन् ।

saroja kc

गीतकार सीता शेरचनको ‘परदेशी मन’ को रजिना रिमालद्वारा स्वरबद्ध गरिएको गीत अधुरो मायाको म्यूजिक भिडियोमा देखा परेका हुन् । पारिवारिक कथावस्तुलाई लिएर तयार पारिएको हो । पेप्सिकोला टाउनप्लानिङ वरपर छायाँकन गरिएको उक्त गीतमा ताराप्रकाश लिम्बूको संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा सरोज केसी, बाल कलाकार सरुजा केसी, रुषाको अभिनय रहेको छ । हरि हुमागाईंको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु