अनाथलाई तोरी लाहुरेको सहयोग

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७०, मंगलवार

काठमाडौं । पछिल्लो समय चलचित्रकर्मीहरु आफ्नो चलचित्रलाई प्रदर्शन गराउनका लागि प्रचारप्रसारको सामग्रीका रुपमा समाजसेवालाई पनि लिने गरेका छन् । यहीक्रममा चलचित्र फागुन २१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’ युनिटले पनि काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बाल–बालिकाहरुलाई सहयोग गरेको छ । सोमबार सोही बाल गृहमै पुगेर चलचित्र ‘तोरी लाहुरे’को का मुख्य कलाकारहरु गजित बिष्ट, आशिस्मा नकर्मी, समुना केसी, रोहित रुम्बा, निर्देशक एन.बि.महर्जन, निर्माता दिन कुमार तामाङ ‘वाले’, लगायत कलाकारहरुले औपचारीक रुपमा सहयोग प्रदान गरेका थिए ।

बाल गृहमा रहेका १६ जना अनाथ बाल–बालिकाहरु चलचित्रको पर्दामा देखिरहेका कलाकारहरुसँग खेल्न पाउँदा खुशीका साथ रमाईरहेका देखिन्थे । चलचित्र कलाकारहरुले सो बाल गृहका बाल–बालिकाहरुलाई खाद्यान्न सामग्रीहरु, चकलेट तथा खाने कुराहरु वितरण गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु