अनिलाको सातौं कोसेली ‘स्वरांकन’

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७२, शुक्रबार

गायिका अनिला राईले आफ्नो सातौं सांगीतिक कोसेली ‘स्वरांकन’ आधुनिक गीतिएल्बम बजारमा ल्याएकी छन् । उनले राजधानीमा एक समारोहको आयोजना गर्दै अभिनेत्री गौरी मल्ल र पूर्वमिस नेपाल रुबि राणालगायतको हातबाट ‘स्वरांकन’ को सार्वजनिक गरेकी हुन् ।
‘स्वरांकन’ गायिका अनिलाको एल्बममा सातौ हो भने आधुनिकतर्फ दोस्रो हो । एल्बम विमोचनपछि प्रमुख अतिथिका रुपमा सहभागी अभिनेत्री मल्ल र रुबिले अनिलाको गायन र लगनशिलताको प्रशंसा गरेका थिए । अभिनेत्री मल्लले भनिन्, ‘विदेशमा बसेर पनि अनिलाले नेपाली गीतसंगीतमा निरन्तरता दिएकामा खुसी लाग्यो ।’

anila rai-1
अनिलाको ‘स्वरांकन’ मा १४ वटा गीत रहेका छन् । जसमा पहिलो जस्तो हुँदैन भेट, मेरो नजरभन्दा पर, यो जीवनमा वहार छायो, आँखाभरी इन्द्रेणी, जीन्दगी सधैं नै, फलोस् फूलोस्, खाली भो चुल्ठो, आँखाबाट सम्झना, बादलसँगै उडेर, तिमीले दिएको माया र मेरो हिड्ने बाटो बोलका गीत रहेका छन् । उक्त गीतमा डाक्टर किराँत, ताराप्रकाश लिम्बू, बिबी अनुरागी, भुवन सुप्तिहाङ राई, महेश खड्का, पावल चाम्लिङ, रेवत राई, राई नविन र शान्तिराम राईको संगीत रहेको छ भने हेमकुमार राई, मुकेश राई, टिका चाम्लिङ, निर्मला राई ‘परिवेश’ र ती वटा गीतमा गायिका अनिलाकै शब्द रहेको छ । विमोचन समारोहमा बोल्दै गायिका अनिलाले भनिन्, ‘लामो समयपछि एल्बम ल्याएकाले १४ वटा गीत समेटेकीे हुँ ।’

anila
एक दशकदेखि बेलायतमा बस्दै आएकी उनले आफ्नो सांगीतिक उकुस–मुकुस मेट्नका लागि पनि एल्बममा सोचेभन्दा बढी गीत अटाएको बताइन् । कार्यक्रममा एल्बममा संगृहीत ‘मेरो नजरभन्दा पर’ र ‘आँखाभरी इन्द्रेणी’ बोलको गीतको म्युजिक भिडियोमा पनि देखाइएको थियो । ती दुवै भिडियोको निर्देशन मिलन चाम्सले गरेका हुन् । यी भिडियोमा अभिनेत्री केकी अधिकारी, बेनिशा हमाल र निरञ्जन प्रधानलगायतका कलाकारले मोडलिङ गरेका छन् ।

anila rai

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु