अनिल खनालको मर्मस्पर्शी गीत ‘एउटा पत्र’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७४, मंगलवार

फागुन २२, काठमाडौं । गीतकार अनिल खनालको शब्द तथा संगीत रहेको ‘एउटा पत्र’ नामक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका देवी घर्तीमगर र गायक कुलेन्द्र बिश्वकर्माको स्वरमा गीतमा अनिलको मर्मस्पर्शी शब्दसँगै लय पनि उत्कृष्ट रहेको छ । गीतमा उनले यथार्थ शब्द व्यक्त समेत गरेका छन् ।

यस मर्मस्पर्शी गीतको भिडियोमा सरोज खतिवडा र आशा खड्काको अभिनय रहेको छ । गीतलाई कपिल लामाले निर्देशन सुरेश श्रेष्ठले छायाँकन र विनोद बामले सम्पादन गरेका छन् ।
बिन्ध्यबासिनी म्युजिक प्रा।लिले युटुव मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा माया प्रेममा विछोडीनु पर्दा मायालु जोडीहरुलाई हुने पिडाहरु देखाउने प्रयास गरिएको छ ।

हेर्नुहोस् एउटा पत्रको म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु