अनुको सिउँदोको सिन्दुरमा खरेलको आँखा

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७१, सोमबार

चितवन, १५ बैशाख । अनुको सिउँदोको सिन्दुरमा खरेलले आँखा लगाएका छन् । यतिबेला खरेलको नाम लिनेवित्तिकै तर्सिनेहरु धेरै भए पनि अब अनु पनि आफ्नो सिउँदोको सिन्दुरमाथि आँखा लगाउने खरेल देखेर तर्सिएकी छिन् ।
सिउँदोको सिन्दुरमा नायिका अनु शाह र निर्देशक खरेल स्वयम्को अभिनय रहेको छ । गायिका अस्मिता श्रेष्ठ र गायिका सिर्जना सुवेदीको गीतहरुमा यतिबेला काठमाडौं, चितवन र पोखराका विभिन्न ठाउँहरुमा छायाँकन भइरहेको छ । कमल खत्रीको शब्दमा तयार भएको सिउँदोको सिन्दुर, भरत बमजनको शब्दमा तयार भएको त्यो कालो कोटैमा जस्ता गीतहरुमा अनु शाह, माधव खरेल र श्रीदेव भट्टराईको अभिनय रहेको छ । त्यस्तै अगिभ बनेपालीको शब्द, रोशन कुमार राजभण्डारीको संगीत र सिर्जना सुवेदीको स्वरमा रहेको बिर्सिदेउ भन्छौ फेरी बोलको गीतमा श्रीदेव भट्टराई र अनु शाहले अभिनय गरको छन् ।
रविन्द्र बरालको छायाँकन भइरहेको यो म्यूजिक भिडियोको निर्देशन भने रुपेश उप्रेतीले गरेका हुन् । म्यूजिक भिडियोहरुमा कलाकारहरुलाई सिंंगार्ने काम भने नरेश खरेलले गरेका छन् । छिट्टै नै विभिन्न टेलिभिजनहरु बाट दर्शहरुमाझ भिडियोको सार्वजानिक गरिने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

IMG_0073

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु