अनुपमको अवार्डको बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार

जेठ १३, पोखरा । आगामी जेठ २६ गते हुने पाँचौँ अनुपम साङ्गीतिक साँझको तयारीका सन्दर्भमा शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिएको छ । छलफलमा सहभागीहरुले विगतका वर्षहरुमा सम्पन्न कार्यव्रmमले नेपाली साङ्गीतिक क्षेत्रमा विशेष महत्त्व राखेको बताएका थिए । सल्लाहकार तथा वरिष्ठ पत्रकार बद्रिविनोद प्रतीकले पोखराबाट अनुपम म्युजिकले उद्देश्यमूलक ढङ्गले कार्यव्रmम सफलतापूर्वक सम्पन्न गरेको भन्दै इतिहासले यसको मूल्याङ्कन गर्ने राय राखे ।

कार्यव्रmममा पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले सङ्गीत र समाजसेवालाई अनुपमले जोडेर अघि बढेकोमा प्रशंसा गरे । जनसांस्कृतिक महासङ्घको प्रदेश नं. ४ का इन्चार्ज मनकुमार श्रेष्ठले पोखराका साङ्गीतिक कार्यव्रmमहरुमध्ये अनुपमको कार्यव्रmम ‘अनुपम’ खालकै हुने गरेको बताए । पोखराका दर्शकहरुलाई साङ्गीतक माहोलसम्म आकर्षण गर्न विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।

 

सचिव रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको कार्यव्रmममा प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो नशा नशामा सङ्गीत बगेको भन्दै आफ्नो जीवन रहेसम्म कार्यव्रmम सञ्चालन गर्ने बताए । उनले विगतका वर्षहरुमा दर्शकलाई पर्याप्त सिट व्यवस्थापन गर्न नसकेकोमा क्षमायाचना गर्दै आगामी दिनमा व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यव्रmममा सञ्चार उद्यमी देव क्षेत्री, रेन्बो चिल्ड्रेन होमकी प्रबन्ध निर्देशक गोमा ढकाल, नायक ताराबहादुर गुरुङ, गायक रामभक्त जोजिजू, हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखे, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराललगायतले कार्यव्रmमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने पाँचौँ अनुपम साङ्गीतक साँझमा रामभक्त जोजिजू, कर्म ग्याल्छेन, इतु जोजिजू, शीतल थापा, कौशल्या गुरुङ, टीका प्रसाईँ, तमन्ना गुरुङ, जयकुमार परियार, सन्जीव पराजुली, दुर्गा मगर, दिलकुमारी मगर, सुदिप गुरुङलगायतको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । विविध नृत्यसमेत प्रस्तुत गरिने सोही कार्यव्रmममा गीतकार तीर्थ श्रेष्ठ, समाजसेवी गोमा ढकाल, सङ्गीतकार जयकुमार र गायक सन्जीव पराजुलीलाई सम्मान प्रदान गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु