अनुरागीको साथमा “आई लभ यू, आई मिस यू” भन्दै आईन् नम्रता (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

namrata-tamang

काठमाण्डौ । नेपालको सांगीतिक क्षेत्रको भिडमा पछिल्लो समयमा सुभधुर स्वर भएकी गायिका नम्रता तामाङको नाम पनि थपिएको छ । नेपालको पूर्वि जिल्ला पाँचथरको इम्बुङमा २२ वर्ष अघि जन्मिएकी गायिका नम्रता तामाङ यतिबेला आई लभ यू, आई मिस यू भन्दै नेपालको सांगीतिक क्षेत्रमा भित्रिएकी छिन्। सांगीतिक परिचयबाट स्थापित गर्न वितग तिन वर्षदेखि साधना कला केन्द्रमा बरिष्ठ संगीत साधक प्रकाश गुरुङसँग संगीत शिक्षा लिइरहेकी गायिका नम्रता तामाङको आवाज अनि लोकप्रिय युवा संगीतकार बी.बी. अनुरागीको एकल संगीत रहेको सांगीतिक कोशेली ‘I Love you, I miss you’ को राजधानीमा लोकार्पण भएको छ । असोज १२ बुधबार अनामनगर स्थित बिनायो क्याफेमा आयोजित कार्यक्रममा बरिष्ठ संगीतसाधक प्रकाश गुरुङको सभापतित्व रहेको थियो । बरिष्ठ गीतकार तथा गजलकार कृष्णहरि बराल प्रमुख अतिथी रहेको सो कार्यक्रममा लोकप्रिय संगीतकार राजु सिंह, ललितकलाका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान लगायत लगायत अतिथिहरुले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए ।

bimochan1

औपचारिक कार्यक्रममा संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरु लगायत पत्रकार र संगीतप्रेमीहरुको बाक्लो उपस्थितिमा एल्बम बिमोचन गरिएको उक्त कार्यक्रममा राजु सिंहले एल्बममा निहीत गीत संगीतको समिक्षा सहितको शुभकामना व्यक्त गरेका थिए । उनले नवगायिका नम्रतालाई टिक्ने, बिक्ने, बचाउने र नचाउने गीतहरु गाउन सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी डा. कृष्णहरि बरालले गीतका शब्दका बारेमा समिक्षा सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनले गीतका शब्दहरु समय सान्दर्भिक रहेको र गायिका नयाँ भैकन पनि बी.बी अनुरागी जस्तो कुशल संगीतकर्मीको र्सगतमा आइपुगेकाले र संगीत क्षेत्रकै शिखर व्यक्तित्व प्रकाश गुरुङलाई गुरु पाएकाले नम्रताको सांगीतिक यात्रामा कठिनाई नभएको बताउँद श्भाशिष सहितको शुभकामना व्यक्त गरेका थिए । यस्तै कार्यक्रमका अन्य अतिथीहरुले पनि नव गायिका नम्रतालाई शुभकामना मन्तव्य दिएका थिए ।

sworupa-rasaili

त्यसैगरी, कार्यक्रमका प्रमुख व्यक्तित्व कार्यक्रमका सभाध्यक्ष अनि गायिका नम्रताका गुरु बरिष्ठ संगीतकार प्रकाश गुरुङले भने आशिष सहितको शुभकामना मन्तव्य प्रकट गरेका थिए । उनले बी.बी. अनुरागी जस्तो कुशल संगीतकारको सहकार्यमा एल्बम निकालेकोमा खुशि भएको व्यक्त गरेका थिए । आफ्नी चेली नम्रतामा पूर्वेली भैकन पनि पश्चिमेली भाका भेटिने भएकाले पूर्वको र पश्चिमे भाकालाई फ्युजन गरेर अघि बढेमा पक्कै पनि संगीतको यात्रामा भौतारिनु नपर्ने बताए । उनले संगीतमा पागल भएर लागेमा अवश्य सफल हुन सकिन्छ र संगीतप्रतिको पागलपन आफ्नी चेली नम्रतामा पनि आफुले पाएको उनले बताए ।

sabita_sworupa

संगीतकार बी.बी. अनुरागीले स्वागत मन्तव्य गरेको सो कार्यक्रममा एल्बमको शिर्ष गीत आई लभ यू आई मिस यु को भिडियोलाई पनि सार्वजनिक गरिएको थियो भने एल्बम र भिडियो सार्वजनिक गरिंदासम्म सहयोग पु¥याउने स्रष्टाहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । म्यूजिक खबर डटकमले व्यवस्थापनमा सम्पन्न भएको सो बिमोचन कार्यक्रमलाई म्यूजिक खबर डटकमकी सम्पादक सविता पोखरेलले सञ्चालन गरेकी थिइन् । गायिका नम्रतालाई म्यूजिक खबर डटकमका तर्फबात धेरै धेरै बधाई अनि शुभकामना ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु