अनुले रोशनलाई किन भनिन् ए निष्ठुरी ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७४, बिहीबार

पुष ६, काठमाडौं । राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायिका कला मगर र गायक मनु बि.सी.को स्वरमा “ए निष्ठुरी ” बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । माया प्रेम र विछोडको गित संगीतलाई आम दर्शक तथा श्रोताले मन पराइरहेको अवस्थामा प्रेमी र प्रेमिका विचमा हुने मायाको फाटोलाई भावनात्मक रुपमा समेटिएको छ ।चोखो मायामा भौतारिएकी प्रेमीकालाई मायाको अभाव भएको कुरा गीतमा व्यक्त गरिएको छ ।

सगै मर्ने र सगैँ बस्ने बाचा खाएको अवस्थामा पनि मायाको भाव ब्यक्त गर्न नदिने प्रेमिकालाई माया गर्न आग्रह प्रेमीले गरेका छन । कसैको अभावमा भोगिएको पिडाका शब्दहरु ब्यक्त गर्न निकै अफटयारो हुने गर्दछ सोही पिडालाई मार्मिक रुपमा “ए निष्ठुरी ” गीतमा व्यक्त गरिएको छ । मनु विसीको शब्द तथा संगित संयोजनमा तयार पारिएको गितलाई दर्शक तथा श्रोताले अधिक मन पराउने र बास्तविक भोगाईमा आधारित भएको गितलाई मन पराउने अपेक्षा निमार्ण पक्षले गरेको छ ।

कमल निरंजन को निर्देशन तथा छायाँकन उत्तम कुमार कार्की को सम्पादन “ए निष्ठुरी”को भिडियोमा रहेको छ भने परदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने कलाकार रोशन पौडेल , अनु शेर्पा , लाक्पा युक्ति शेर्पा , मिलन अधिकारीको अभिनय रहेको छ ।

“ए निष्ठुरी ”को भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु