अनु बिना बाँच्न नसक्ने भए विमल

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री अनु शाह म्यूजिक भिडियोमा पनि स्थापित मोडलका रुपमा परिचित छिन् । पछिल्लो समय धेरै नायक नायिकाको बारेमा प्रेम प्रसंगका कुराहरु चल्ने गरेको भए पनि अनुको बारेमा भने सुन्न पाइएको थिएन । तर अब अभिनेत्री अनु शाहविना बाँच्न नसक्ने भएका छन विमल अधिकारी । उनीहरुबीचको यस्तो प्रेमको चर्चा भने बल्ल बजारमा आएको हो ।

bimal adhikari_anu
वास्तविक रुपमा अभिनेत्री अनु शाह र मोडल विमल अधिकारीको प्रेमको प्रसंग आ–आफ्नै होला तर यो प्रसंग भने म्यूजिक भिडियोमा भएको हो । छोटो समयमा चर्चा कमाउन सफल मोडल विमल अधिकारी पछिल्लो समय व्यस्त हुँदै गएका छन् । भावना म्यूजिकले बजारमा ल्याएका तिमी बिना एक्लै बाँच्न सक्ने भए बोलको गीतमा अनु र विमलको अभिनय देख्न पाइन्छ । विमल अधिकारीकै शब्द रहेको यस गीतमा सन्तोष केसीको संगीत रहेको छ । प्रमोद खरेलको स्वरमा रहेको यस म्यूजिक भिडियोलाई ओम शिव फिल्मसले निर्माण गरेको हो । कपिल लामाको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने सुजन शाहीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु