अनु मिसेस नेपाल आइकन

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७३, आईतवार

राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित बिबाहित महिलाहरुका बिच सम्पन्न सौन्दर्य प्रतियोगितामा अनु शर्मा ‘मिसेस नेपाल आइकन २०१६’ भएकी छिन् । एएनपी मिडिया हाउस ललितपुरद्धारा शनिबार आयोजित उक्त प्रतियोगितामा अनुले ३४ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै वेष्ट डिसीप्लेनको उपाधि सहित तेस्रो संस्करणको ‘मिसेस नेपाल आइकन २०१६’ को ताज हात पारिन् । प्रतियोगितामा तृष्णा प्रधान फष्ट रनर्सअपका साथ बेष्ट पर्सनालिटी र मिसेस फेसन आईकन, सन्ध्या थापा सेकेन्ड रनर्सअपका साथमा बेष्ट स्किन र बेष्ट फिट्नेस, सरस्वती साहनी थर्ड रनर्सअपका साथ बेष्ट डान्सर तथा मुना पौडेल फोर्थ रनर्सअप र बेष्ट स्पिच भए ।

IMG_8412

अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम संचालनमा भएको प्रतियोगितामा सविया स्वार अमात्य मष्ट पपुलर, पूनम थापा भ्युवर्स च्वाईस र मष्ट इन्टुलेक्चुअल, रेनु बस्नेत ब्युटी वीथ पर्पस, जिस्वाँन तुलाधर सोसल्ली रेस्पोन्सिवल, जानकी प्रजापती (श्रेष्ठ) मिसेस ट्यालेन्ट, रेणुका बज्रचार्य मिसेस क्याटवाक, ममता कार्की फेसबुक च्वाईस अवार्ड र वेष्ट हेयर, लक्ष्मी अर्याल बेष्ट स्माईल, मानु शाह मष्ट फोटोजेनिक, निलम शाही थापा मिसेस आइकनिक आइज, सविना थपलिया मष्ट पङ्गचुयल, डोल कुमारी श्रेष्ठ केसी बेष्ट आर्टवर्क, ज्ञानु छन्त्याल बुढा बेष्ट फिजिक, निर्मला चौधरी मष्ट फ्रेन्डली, संगीता रौनियार मष्ट चार्मिङ्ग, सनिता पराजुली मष्ट कन्फीडेन्ट, अम्बिका मल्ल मष्ट व्युटीफुल, कविता राई (नेम्बाङ) मिसेस कन्जीनियालिटी, बविता तिमल्सिना मष्ट एक्टीभ, सुस्मिता शेरचन मेनेजमेन्ट च्वाईस अवार्ड, पूनम प्रधान मष्ट पर्फेक्ट, सञ्जु केसी मष्ट डिजर्भिङ्ग, मनश्रु राई सोसल वेलफयर एम्बेसडर, कल्पना शाही सिहं श्रेष्ठ मष्ट क्रियटिभ, सिर्जना गौतम मष्ट पोजिटीभ एटीटिच्युड, कमला लामा ब्युटी वीथ रेसपोन्सिविलिटी, रस्मीता गरुङ्ग मेनेजमेन्ट च्वाईस अवार्ड ममता पाठक बेष्ठ सिङ्गर, निरु लामा मेनेजमेन्ट च्वाईस अवार्ड र मनिता खड्गी बेष्ट पर्पmमेन्स उपउपाधिका विजेता भए ।

IMG_9612

नायक रमित ढुगाना, डा. रञ्जित कुमार झा, प्याब्सनकी उपाध्यक्ष दिपीका रिमाल थापा, प्राइम बैंककी मेनेजर अनिता प्रधान, डिएसपी लोकेन्द्र श्रेष्ठ र द्वन्द्व निर्देशक चन्द्र पन्त निर्णायक रहेको प्रतिायोगिताको कार्यक्रमलाई रोचक बनाउन विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।

IMG_8727

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु