अन्जलीले चुमिन् लेट मि डान्स

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०७२, सोमबार

डान्सिङ रियालिटी सो ‘लेट मि डान्स’ को पहिलो सिजन झापाकी अन्जली माझीले चुम्न सफल भएकी छन् । शनिबार प्रसारित अन्तिम प्रतिष्पर्धामा उत्कृष्ठ सातमा परेका आफ्ना छ प्रतिष्पर्धीलाई उछिन्दै दुई लाख ५० हजार रुपैयाँ पुरस्कारसहित अन्जलीले शिर्ष उपाधी चुमेकी हुन् । विर्तामोडस्थित बालमिकी प्रोफिडेन्ट कलेजमा स्नातक पहिलो वर्ष अध्ययनरत अन्जलीले प्रतियोगीतामा एकलाख २२ हजार भोट प्राप्त गरेकी थिइन ।

५० प्रतिसत एसएमएस भोटिङ र ५० प्रतिसत निर्णायकको मतका आधारमा छनोट गरिएको प्रतियोगीतामा झापा विर्तामोडकी अनिषा ओली र बुटवलकी सपना रानामगर क्रमश फस्ट र सेकेन्ड रनरअप घोसित भए । प्लस टु अध्ययतरत अनिसाले ५३ हजार एवं स्नातक पहिलो वर्ष अध्ययनरत सपनाले २३ हजार भोट प्राप्त गरेका थिए ।

त्रिकाल आर्ट एकेडेमीले पहिलो पटक आयोजना गरेको राष्ट्रव्यापी यो नृत्य प्रतियोगीता हिमालय र नेपाल वान टेलिभिजनमा २२ भाग प्रसारण भएको थियो । देशभरबाट आवेदन दिएका हजारौं प्रतियोगीबाट उत्कृष्ठ तीनसय, तीनसयबाट एकसय, एकसयबाट ३० र ३० बाट उत्कृष्ठ १५ छनोट भएका थिए । उत्कृष्ठ १५ बाट एसएमएस भोटिङ र निर्णायकको मतका आधारमा हरेक एपिसोडमा एकएक जना बाहिरिँदै बाँकी रहेका उत्कृष्ठ सातजनालाई अन्तिम प्रतिष्पर्धामा सामेल गराइएको थियो ।

let me dance (3)

उत्कष्ठ सातमा तीनजना विजेताका सार्थ कलम राई, प्रताप सुनुवार, केविका खत्री र नविन विश्वकर्मा पर्न सफल भएका थिए । प्रतियोगीलाई गोविन्द प्रभात, भुपेन्द्र गुरुङ, महेश गोदार र केपी पौडेलसम्मिलित निर्णायक मन्ण्डलले मुल्यांकन गरेका थिए । कोरियोग्राफर समि श्रेष्ठ, प्रशान्त तामाङ, दिवस गिरी र दिवश राईले प्रतियोगीलाई थप प्रशिक्षण दिएका थिए ।

let me dance (2)
विभिन्न समस्याका बाबजुद पनि प्रतियोगीता सफलताका साथ सम्पन्न गरेकोमा क्रिकाल आर्ट एकेडेमीमा अध्यक्ष एवं लेट मि डान्सका निर्माता छेडुप लामाले खुसी व्यक्त गरे । ‘प्रतियोगीता सुरु हुनासाथ भुकम्प गयो त्यसपछि नाकाबन्दी । अनेकन समस्याको सामना गर्नु परे पनि प्रतियोगीको लगनशिलता र दृढताले कार्यक्रम सफल भयो’, लामाले भने, ‘अन्तिम प्रतिष्पर्धा भइरहँदा मलाई जितेको दिन जस्तो अनुभव भइरहेको थियो।’

पछिल्लो समय नृत्यमा युवापुस्ताको आकर्षण बढेकाले विषम परिस्थितीमा पनि लेट मि डान्सको पहिलो सिजन सफल भएको लामाको भनाई छ । ‘अहिलो हामी दोस्रो सिजनको तयारीमा जुटेका छौं । देशभरबाट सकारात्मक प्रतिकृया आएकाले दोस्रो सिजनलाई अझ भव्य रुपमा आयोजना हुनेछ’, लामाले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु